हल्दीबारी।
झापाको हल्दीबारी गाउँपालिका क्षेत्रका चिया किसानसंग अन्तरक्रिया कार्यक्रम गरिएको छ । चिया बगानमा फैलिएको ‘टि लुपर’ किराको प्रकोप नियन्त्रणका लागि चिया कृषक, चिया उधमीहरूसँग अन्तरक्रिया गरिएको हो । कृषि ज्ञान केन्द्र झापा, प्रदेश बाली संरक्षण प्रयोगशालाका प्राविधिकहरू सहित हल्दीबारी गाउँपालिकामा आज भएको अन्तरक्रियामा चिया किसानले आफ्नो समस्या राखेका थिए ।

_1751853734.jpg)
पछिल्लो समय लुपरका कारण चिया कृषकहरू समस्यामा परेका छन्। चिया वैशाख, जेठ र असार हरियो पत्ति टिप्ने सबै भन्दा उपयुक्त समय हो । तर यहिँ समयमा रोगको प्रकोप फैलिएपछि सयौं बिगाहा जग्गामा लगाइएको चिया किसानहरू चिन्तित बनेका छन्।
लुपरका कारण चियाको पात पूर्ण रूपमा छिद्रा परेको छ भने बोटहरूको रंग पनि पहेँलो र कालो हुन थालेको छ। अन्तरक्रियामा किरा नियन्त्रणका लागि विभिन्न विषादी प्रयोग गरिएपनि यसको समाधान नभएको कृषक तथा उधमीले बताए।

_1736908732.jpg)
हल्दीबारीमा १५ सय बिगाहा भन्दा बढी क्षेत्रफलमा चिया खेती गरिएको छ भने धेरै संख्यामा चिया उधोगहरू पनि सञ्चालनमा रहेका छन्। चियाको बोटसँगै बगानका अन्य रूखहरूमा लुपर बस्ने र एकैपटक धेरै अण्डा उत्पादन गर्ने भएका कारण नियन्त्रण गर्न कठिनाई भएको कृषकहरूले अन्तरक्रियामा जनाएका थिए ।
चियाखेतीमा बढेको प्रकोप नियन्त्रणका लागि प्राविधिकहरूबाट आवश्यक सल्लाहसहित विशादीको बारेमा बाली संरक्षण प्रयोगशाला प्रमुख सरस्वती श्रेष्ठ र कृषि ज्ञान झापाका प्रमुख सागर मिश्रले जानकारी गराइएका थिए। ईमामेक्टिन बेन्जोएट,लुफेन्युरोन, क्लोरानट्रानिलिप्रोल र थायमिथोक्साम प्रयोग गर्न सुझाव दिएका थिए।

यसैगरी कार्यक्रमको अन्तयमा बोल्दै पालिका अध्यक्ष लिङदेनले चिया कृषकहरूको समस्यामा पालिका गम्भिर बनेको र समस्या समाधानका लागि आवश्यक प्राविधिक सहयोग गर्ने बताएका थिए।कार्यक्रमको सहजीकरण प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्रले गरेका थिए।