झापा
वैज्ञानिक डा. महावीर पुन आत्मवृतान्त पुस्तक ‘महावीर पुन सम्झना सपना र अविरल यात्रा’ बिक्री अभियानका क्रममा यति बेला झापामा छन् ।

_1751853734.jpg)
उनी वीरगञ्जस्थित कृषी औजार कारखाना संचालनका लागि पुस्तक बिक्री गर्दै देश दौडाहमा निस्किने क्र्रममा झापा आइपुगेका हुन् ।

_1736908732.jpg)
यहि क्रममा उनले झापाको बिर्तामोड २ स्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले पनि पुन लाई स्वागत गर्दै पुस्तक खरिद गरेको छ । संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी सहितको टिमले पुनलाई स्वागत गर्दै पुस्तक खरिद गरेको हो ।
पुस्तक बिक्रीका लागि ४३औं जिल्लाका रुपमा उनी झापा हुन् । देशका ७७ वटै जिल्लामा पुस्तक वितरण अभियान लैजाने उनले बताए।

व्यक्तिगत लाभका लागि नभई राष्ट्रको कृषि औजार कारखाना सञ्चालनका लागि आफू लागि परेको उनले स्पष्ट पारे ।