पाँचथर : जिल्ला प्रहरी कार्यालय पाँचथरले कोशी प्रदेश प्रहरीको वार्षिक मूल्यांकनमा प्रदेशमै पहिलो स्थान हासिल गर्दै उदाहरणीय सफलता प्राप्त गरेको छ।
आर्थिक वर्ष २०८१ . ८२ का लागि कोशी प्रदेश प्रहरी प्रमुख तथा जिल्ला प्रहरी प्रमुखहरूबीच कार्य सम्पादन सम्वन्धी मूल्यांकन गर्दा पाँचथर प्रहरीले ९४।६२ अंक प्राप्त गरी १४ जिल्लामध्ये सर्वश्रेष्ठ ठहरिएको हो।

_1751853734.jpg)
यस उपलब्धिप्रति सम्मान प्रकट गर्दै कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले जिल्ला प्रहरी कार्यालय पाँचथरलाई प्रशंसा पत्र प्रदान गरेको छ। उक्त प्रशंसा पत्रमा प्रदेश प्रहरी नायब महानिरीक्षक ईश्वर कार्कीको हस्ताक्षर रहेको छ।

_1736908732.jpg)
पछिल्ला वर्षहरूमा पाँचथर प्रहरीले शान्ति सुरक्षा, अपराध नियन्त्रण, सामुदायिक समन्वय र उत्तरदायीत्वमा आधारित सेवा प्रवाहलाई विशेष प्राथमिकता दिँदै आएको छ।
यही प्रतिबद्धता र व्यावसायिक निष्ठाका कारण आज जिल्ला प्रहरी कार्यालय पाँचथर प्रदेशका लागि अनुकरणीय प्रहरी इकाइको रूपमा स्थापित भएको छ।
