झापामा प्रहरीले लागू औषध सहित तीन जनालाई पक्राउ गरेको छ।झापाको कचन कवल गाउँपालिका ४ स्थित लोदाबारी भन्ने स्थानबाट प्रहरीले लागूसतसहित एक महिला र  दुईजना पुरुष गरेर ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको हो।

लागू औषध ब्युरो कार्यालय काँकरभिटाको टोलीले विशेष सुराकीको आधारमा भारतको बिहार  किशनगञ्जका २५ वर्षीय सोहेल खान त्यस्तै भारतकै  तबस्सुम आरा ,किशनगञ्जकै २४ वर्षीय कचालु अन्सारीलाई लागू औषध ब्युरो कार्यालय काँकरभिट्टाको टोलीले पक्राउ गरेको हो।

उनीहरूको साथबाट प्रतिबन्धित लागोसद खैरो हिरोइन प्लास्टिक सहित ६० ग्राम ३०० मिलिग्राम र प्लास्टिक बाहेक ५८ ग्राम ४०० मिलिग्राम पक्राउ गरेको छ ।

IMG-20250726-WA0018

हिजो बेलुका ५ : ३० मा पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापामा बुझाइएको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ।