काठमाडौं । एनआरएनए मलेसियाको वरिष्ठ उपाध्यक्षमा खेलप्रेमी तथा सामाजिक ब्यक्तित्व राजु योञ्जन तामाङ सर्वसम्मत चयन भएका छन् । लामो समयदेखि मलेसियामा रहँदै खेलकुदसँगै प्रवासी नेपालीहरुको हकहितमा समेत आवाज उठाउने र सामाजिक कार्यमा सक्रिय रहँदै आएका तामाङले नयां जिम्मेवारी पाएका हुन् । 

उनी परदेशमा रहेर नेपाली फुटबल खेल र खेलाडिको विकासकालागि  निरन्तर समर्पित छन् । उनी  झापा फुटबल क्लबका सह–मालिक समेत हुन् । 

वरिष्ठ उपाध्यक्ष जस्तो गरिमामय जिम्मेवारी पाएपछि योञ्जन तामाङले खुशी व्यक्त गर्दै मलेसियाभरि छरिएर रहेका प्रवासी नेपालीहरुको हकहितमा निरन्तर काम गर्दै जाने बताए । साथै, यो जिम्मेवारीले आफूलाई अझै केही गर्न हौसला मिलेको समेत बताए ।

 लामो समयदेखि मलेसियामा प्रवासी नेपालीहरु माझ कुशल खेल अभियन्ताको छवि समेत बनाएका योञ्जनले मलेसियामा रहेका नेपालीहरुबीच फुटबलसहित विभिन्न खेलकुद र सामाजिक कार्यक्रमहरु आयोजना गर्दै आएका छन् ।