भद्रपुर ।
प्रादेशिक अस्पताल भद्रपुरले इमरजेन्सीसहित अन्तरङ्ग सेवा पनि सञ्चालन ल्याउने भएको छ ।

_1751853734.jpg)
अन्तरङ्ग सेवा सञ्चालन ल्याउन अघि अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। सञ्जयकुमार गुप्ताले बिहीबार शुभसाइत पारी अस्पतालमा विधिवत् रूपमा सत्यनारायणको पूजाअर्चना गरेका छन् ।
झन्डै एक वर्षअघि नयाँ भवनबाट ओपिडी सेवा सञ्चालन भइरहेको छ । शुभसाइत कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, भद्रपुर नगर प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, अस्पताल सञ्चालन समितिका अध्यक्ष विश्वराज बराल लगायतको उपस्थिति रहेको थियो । २०८१ भदौ १ गतेदेखि अस्पतालले नयाँ भवनबाट ओपिडी सेवा सञ्चालन ल्याएको थियो ।

_1736908732.jpg)
इमरजेन्सीसहित अन्तरङ्ग सेवा पुरानै भवनबाट सञ्चालन हुँदै आइरहेको थियो ।
आगामी साउन ३० गतेदेखि नयाँ भवनबाट इमरजेन्सी सेवा, शल्यक्रिया सेवा, आइसियु, स्त्रीरोग तथा प्रसूति सेवा सुरु गर्न लागिएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। गुप्ताले जानकारी दिए ।

डाक्टर गुप्ताले उपकरण जडान लगायतका अन्य प्राविधिक पाटोको कामहरू धमाधम भइरहेको बताउँदै अब चाँडै नै नयाँ भवनबाट सम्पूर्ण उपचार सेवाहरु सुरु गरिने जानकारी दिए।
२२ करोड ६१ लाख ३७ हजार ३५२ रुपैयाँको लागतमा दुई वर्षअघि सो भवन निर्माण भएको थियो । माथिल्लो तलाका लागि थप बजेट पनि निकासा भइसकेको छ ।
नयाँ भवन ५० बेडको अवधारणमा बनेको हो । अस्पतालमा अहिले ११० बेड सञ्चालनमा रहेको छ ।
अस्पताल प्रशासन ११० बेड नै सञ्चालन गर्ने योजनाका साथ अघि बढेको अस्पतालका सूचना अधिकारी मनोज पोखरेलले जानकारी दिए । योसँगै इको र इन्डोस्कोपी सेवा पनि सञ्चालन ल्याउन कोठा व्यवस्थापन भइसकेको उनले बताए ।