बिर्तामोड । 

झापाको बिर्तामोड–१ स्थित पश्चिम बस स्डेण्ड छेउमा कालिन्चोक मेनपावर प्रालिको शाखा सञ्चालनमा आएको छ ।

काठमाडौंको धुम्वराहीमा प्रधान कार्यालय रहेको प्रालिले पहिलो शाखा बिर्तामोडमा सञ्चालनमा ल्याएको हो । शाखाको उद्घाटन प्रालिका सहायक निर्देशक स्वेच्छिक कार्कीले आज (आइतवार) गरेका हुन् ।  

विगत २४ बर्ष अघि स्थापना भएर वैदेशिक रोजगारमा जाने युवाहरुलाई सीप सिकाएर मर्यादित र सुरक्षित ग्यारेन्टीका साथ विदेश रोजगारीका लागि पठाउँदै आएका मेनपावरले बिर्तामोडमा पनि सेवा विस्तार गरेको हो । 

Messenger_creation_23269F57-51C1-4466-8474-1D9BADFFD176

बर्षौदेखि वैदेशिक रोजगार व्यवसायमा सक्रिय रहेका युवा व्यवसायीहरु कृष्ण खतिवडा, राजु पोखरेल, सविन कटुवाल र हेम मोक्तानले संयुक्त रुपमा बिर्तामोडमा शाखा सञ्चालन गरेका हुन् । 

कालिन्चोक ग्रुप अन्तरगत कालिन्चोक सेक्युरिटी, कालिन्चोक मेनपावर र कालिन्चोक युटिलिटी जस्ता सेवा दिदै आएको प्रालिका सहायक निर्देशक स्वेच्छिक कार्कीले जानकारी दिए ।

उनका अनुसार उक्त मेनपावरले कतार, युएई, मलेशिया, ओमन, कुवेत, साउदीलगायतका गल्फकन्ट्रीसहित जापान, साईप्रसलगायतका युरोपेली मुलुकहरुमा कामदारहरुलाई वैदेशिक रोजगारका पठाउँदै आएको छ । 

वैदेशिक रोजगार व्यवसायी संघका कोषाध्यक्षसमेत रहेका सञ्चालन मध्येका कृष्ण खतिवडाले वैदेशिक रोजगार व्यवसायलाई मर्यादित र सु्रक्षित बनाउन संगठीत रुपमै बिभिन्न कार्य गर्दै आएको बताए । 

उद्घाटन कार्यक्रममा वैदेशिक रोजगार व्यवसायी संघ झापाका प्रथम उपाध्यक्ष राजन सिलवाल, महासचिव नीरकुमार खत्री (नीरन), सचिव राजेन्द्र पौडेललगायतको आतिथ्य रहेको थियो । पूजापाठसहित आज म्यानपावरको शाखा उद्घाटन गरिएको हो ।