कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेड, मुख्य कार्यालय बिर्तामोड–४, झापाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति समिक्षा तथा २०८२/८३ का लागि लक्ष्य निर्धारण कार्यक्रम आज बिर्तामोडमा सम्पन्न गरेको छ।
कार्यक्रममा संस्थाका ४१ वटा सेवा केन्द्रका शाखा प्रमुखहरूले आ–आफ्नो क्षेत्रको प्रगति विवरण र आगामी कार्ययोजनाका विषयमा प्रस्तुति दिएका थिए।

_1751853734.jpg)
संस्थाका अध्यक्ष टस बहादुर प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विगत वर्षको उपलब्धि, चुनौती र सुधार आवश्यक पक्षहरूको समिक्षा गरिनुको साथै आगामी वर्षको कार्यदिशा तय गरिएको थियो।
अध्यक्ष प्रधानले संस्थाले डिजिटल रूपान्तरण, पारदर्शी सेवा प्रवाह, र सदस्य सशक्तीकरण लाई प्राथमिकता दिएर आगामी लक्ष्यहरू निर्धारण गरेको जानकारी दिनुभयो।

_1736908732.jpg)
कार्यक्रममा पदाधिकारी, शाखा प्रमुख, कर्मचारी तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
संस्थाले आगामी वर्षमा सेवा विस्तार, वित्तीय अनुशासन, र समावेशी सहकार्यलाई रणनीतिक लक्ष्यका रूपमा अघि सारेको जनाएको छ।
