प्रणामी व्यवसायी संघ नेपाल जिल्ला कार्य समिति झापाको अध्यक्षमा टहल दास ओली निर्वाचित भएका छन ।

श्रीकृष्ण प्रणामी मन्दिर कनकाई ४ स्थित झापा जिल्ला भरिका ३९ वटा श्रीकृष्ण प्रणामी मन्दिर तथा सत्संग भवन हरुको केन्द्र धाम माईधाममा भएको भेलाबाट ओली अध्यक्षमा निवार्चित भएका हुन्।
Messenger_creation_BD97E1EB-AA9D-43F1-96A3-882C6BE9E498

उपाध्यक्षमा दिपक शिवाकोटी, गोविन्द कट्टेल, सचिव चेतन खतिवडा ,सह सचिव दिनेश भट्टराई ,कोषाध्यक्ष मोहन अधिकारी ,सह कोषाध्यक्ष दिपा खरेल चयन भएका हुन्।

सदस्यहरु शंकर प्रसाद पाण्डे ,श्याम कुमार बस्नेत ,लय-पारसमणी कडरिया ,हेमन्त ढकाल, टिकाराम उप्रेती, निर्मला गिरी, सावित्रा आचार्य पाण्डे निर्वाचित भएका छन् ।

कार्यक्रमको संचालन संयोजक दिनोज बजगाईले गरेका थिए ।   स्वागत मन्तव्य युवा परिषद झापाका अध्यक्ष समर्पण खतिवडाले गरेका थिए।

श्रीकृष्ण प्रणामी सत्संग सेवा परिषद झापाको समन्वयमा र  जिल्ला भरिका  प्रणामी व्यवसायी हरुको प्रतिनिधि मुलक उपस्थितिमा भएको कार्यक्रमको संयोजक सत्संग सेवा परिषद झापाका सदस्य दिनोज बजगाईले गरेका थिए । कार्यक्रमको संयोजन सत्संग सेवा परिषद झापाले गरेको थियो।

समितिका सदस्य दिनोज बजगाईको संयोजकमा एवं परिषदका सदस्य खड्ग विष्ट तथा श्रीकृष्ण प्रणामी युवा परिषद झापाका अध्यक्ष समर्पण खतिवडा सदस्य रहेका छन ।

सत्संग सेवा परिषद झापाका अध्यक्ष विष्णु प्रसाईंको अध्यक्ष्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका केन्द्रिय सह कोषाध्यक्ष  अर्जुन वाग्ले रहेका थिए।

कार्यक्रममा कोशी प्रदेश सांसद सविना कट्टेल बजगाई श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका केन्द्रिय सह कोषाध्यक्ष अर्जुन वाग्ले,  श्रीकृष्ण प्रणामी सत्संग झापाका अध्यक्ष विष्णु प्रसाईं ,प्रणामी व्यावसाय नेपालका केन्द्रिय अध्यक्ष विष्णु वाग्ले श्रीकृष्ण प्रणामी युवा परिषद नेपालका केन्द्रिय उपाध्यक्ष मदन अधिकारीले शुभकामना मन्तव्य राखेका थिए।
 स्वागत मन्तव्य युवा परिषद झापाका अध्यक्ष समर्पण खतिवडाले गरेका थिए।