झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले हल्दिबारीको एक सामुदायिक विद्यालयलाई पङ्खा हस्तान्तरण गरेको छ। 

आज संस्थाले हल्दीबारी ५ को धनुषा आधारभूत विद्यालयलाई पाँच थान सिलिङ फेन हस्तान्तरण गरेको हो। विद्यालयका कार्यवाहक अध्यक्ष ओमराज राईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि हल्दिबारी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजन न्यौपाने रहेका थिए । 

संस्थाका अध्यक्ष सुवास भट्टराईले सामाजिक उत्तरदायित्व बहन गर्दै विद्यालयलाई सहयोग गरिएको बताए  । उनले विगतका वर्षहरूदेखि नै सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधारका लागि संस्थाले विभिन्न सामग्रीहरु हस्तान्तरण गर्दै आएको बताउँदै गर्मीको समयमा विद्यार्थीको सहजताका लागि संस्थाले पङ्खा सहयोग गरेको बताए । 

WhatsApp Image 2025-08-07 at 04.38.31

पङ्खा हस्तान्तरण कार्यक्रममा सिम्रिक साकोसका जनसम्पर्क प्रमुख विजय बस्नेत , आइटी सहायक विजय पाण्डे , बिर्तामोड उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष युवराज निरौला, हल्दिबारी गाउँपालिका शिक्षा शाखाका सुमन चौधरी लगायतको उपस्थिति रहेको थियो। 

कार्यक्रममा स्वागत विद्यालयका प्रअ सन्तबहादुर बजिहाङले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि हल्दिबारी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजन न्यौपाने ,प्रशासन शाखा प्रमुख बाबुराम ढकाल , संस्थाका अध्यक्ष सुवास भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।