बिर्तामोड । 

झापाको बिर्तामोड–५ स्थित शनिश्चरे रोडमा आइटिईएल होमले नेपालमै पहिलो पटक सेवा विस्तार गरेको  छ । नेपालमै पहिलो पटक आइटिईएलले बिर्तामोडको न्यू जुनतारा सप्लायर्स अन्तरगत आफ्नो सेवा विस्तार गरेको हो । 

युवा व्यवसायी ऋषि भण्डारीको करिव दुई करोड लगानीमा सञ्चालनमा आएको न्यू जुनतारा सप्लायर्सले आइटिईएल होमका सम्पूर्ण समाग्री बिक्री वितरण गर्ने जनाएको छ । 

सप्लायर्सले आइटिइएलका सवै प्रकारका मोवाइल फोन, होम अप्लायन्सका सामाग्री, स्मार्ट वाचलगायतका सवै प्रकारका सामाग्री बिक्री वितरण गर्ने सञ्चालक ऋषि भण्डारीले बताए । 

महालक्ष्मी प्रालिका सिइयो सन्तोष भण्डारीले आइटिइएलका सामाग्री विश्वका ६० वढी देशहरुमा उपलब्ध रहेको र नेपालमा भने पहिलो पटक बिर्तामोडको न्यू जुनतारा सप्लायर्सले बिक्री वितरण गर्ने बताए । 

न्यू जुनतारा सप्लायर्सको उद्घाटन आज (शुक्रवार) बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतरा प्रसाईले गरेकी हुन् ।

कार्यक्रमकी प्रमुख अतिथिसमेत रहेको प्रसाईले बिर्तामोडमा नयाँ–नयाँ पसलहरु मार्फत विश्वका जुनसुकै स्थानका सामाग्री पाइने भएको भन्दै व्यवसायको सफलताको शुभकामना ब्यक्त गरिन् । 

महालक्ष्मी प्रालिका सिइयो सन्तोष भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल अलैचीं व्यवसायी महासंघका महासचिव नारायण चिमरियाले पनि व्यवसाय सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुव्रत न्यौपाने, मोवाइल एशोसिएसन बिर्तामोडका वरिष्ठ उपाध्यक्ष सुप्रित खनाल, महासचिव संजय साहलगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रमको सहजीकरण मोवाइल एशोसिएसन बिर्तामोडका अध्यक्ष युवराज निरौलालले गरेका थिए ।