झापाको बिर्तामोड ३ स्थित लिङ्कन मन्टेश्वरी स्कुलमा लाखे नाच प्रस्तुत गरिएको छ ।

नेवारी समुदायसँग समन्वय गरेर विद्यालयमा लाखे नाच देखाइएको बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष दिनेश ओझाले जानकारी दिए ।

विद्यार्थीहरूमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक चेतनाको अभिवृद्धि गर्ने उद्देश्यले लाखे देखाइएको सञ्चालक सरोज पौडेलले बताए ।

सानै उमेरमा साहित्य ,संस्कृति ,परम्परा र मौलिकताका कुरा बालबालिका लाई ब्यबहारिक रुपमा देखाएर सिकाउदा उनिहरुमा रचनात्मक हौसला मिल्ने भएकाले सो कार्यक्रम गरिएको बताईएको छ । केही दिन अगाडि जिल्ला स्तरीय लाखे नाच प्रतियोगितामा प्रथम स्थान हासिल गरेको सो लाखे नाच बिधालयमा देखाईएको हो । 

उक्त अवसरमा विद्यार्थीसहित अभिभावक र स्थानीयहरुको उपस्थिति रहेको थियो ।