बिर्तामोड ।  

भक्ति सिद्धान्त दास ब्रम्हचारीले श्री राधा माधव भजनस्थलीका लागि  झापामा ६ विगाह जमिन प्राप्त गरेको बताएका छन् । झापा गाउँपालिका–३ स्थित सिमलवाडीमा भजनस्थलीका लागि ६ विगाह जमिन प्राप्त भएको श्री राधा माधव भजनस्थलीका अध्यक्ष समेत रहेका बम्ह्रचारीको भनाई छ ।   शिव रामचन्द्र मन्दिरको नाममा रहेको जमिन भजनस्थलीलाई प्रदान भएको ब्रम्हचारीले बताए ।

नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ ९इस्कोन० का संस्थापक समेत रहेका ब्रम्हचारीले झापामा श्री राधा माधव भजनस्थली सञ्चालन गरेको बताए ।

जिल्ला प्रशासन कार्यालय झापामा दर्ता गर्दै विधिवत रुपमा भजनस्थलीलाई  अगाडि बढाएको बताएका बम्हाचारीले भगवान श्रीकृष्णका हरेक गतिविधि आम सर्वसाधारणसम्म पु¥याउने र हिन्दू धर्मावलम्बीहरुलाई भागवत गीता र श्रीमद् भागवत महापुराणका विषयमा समाजमा प्रचार प्रसार गर्ने उद्धेश्यले  ‘हरे कृष्ण मोमेन्ट’ अभियान सञ्चालन गरिएको बताए ।

अभियानका क्रममा झापामा समेत ‘श्रीकृष्ण जन्माष्टमी महाउत्सव’ मनाउने तयारी गरिएको उनको भनाई छ । श्री राधा माधव भजनस्थलीले हरे कृष्ण  अभियान शुरु गरेको र अभियानलार्ई मुर्तरुप दिन आफूहरु लागि परेको उनको भनाई छ ।

इस्कोनका संस्थापक अध्यक्ष समेत रहेका बम्ह्राचारीले भागवत गीताको प्रचारप्रसारका लागि आफू अहिले इस्कोनमा नरहेपनि श्री राधा माधव भजनस्थलीका नामबाट ‘हरे कृष्ण मोमेन्ट’ सञ्चालन गरिरहेको बताए । इस्कोनको उद्देश्य अनुरुप नै श्री राधा माधव भजनस्थलीले समेत हरेक गतिविधि गर्दै आएको र इस्कोनसँग कुनै आफ्नो संस्थाको अन्तरविरोध नरहेको उनको भनाई छ ।

श्री राधा माधव भजनस्थलीलाई लक्षित गर्दै इस्कोनले केही समय अघि जारी गरेको विज्ञप्तिप्रति असहमति जनाउँदै साधुले त्यस्तो गर्न नहुने धारणा राखे । भगवानका भक्तले एकले अर्कालाई लाल्छना लगाउन छुट नरहेको उनको भनाई छ ।

आफूले इस्कोनमा ५० वर्ष बिताएको र अहिले आएर इस्कोनलाई छुट्टै संस्थाका रुपमा सञ्चालन गरेर र भगवानमा सर्मपित व्यक्तिलाई लक्षित गर्दै अड्डा अदालत र प्रचारवाजी गरेर भक्तको कर्तव्य भुलेको उनको भनाई छ।