चारपाने ।
मेरो डान्स युनिभर्स सिजन–२ को फाइनलमा पुग्न सफल झापा अर्जुनधारा–५ की सुसना कोइरालाई भोट गरी विजेता बनाउन आग्रह गरिएको छ ।

_1751853734.jpg)
वेल फेयर इन्ट्रा फाउण्डेशन अमेरिकाको आयोजनामा भइरहेको विश्वव्यापी प्रतियोगितामा सुसनासहित अभिभावक, शिक्षक र सुसनाले डान्स सिक्दै गरेकाे नृत्य प्रशिक्षण बिद्यालयले आज (शुक्रवार) बिर्तामोड–२ स्थित सुसना अध्ययनरत बिद्यालय मोहनमाया माविमा पत्रकार सम्मेलन तथा शुभकामना आदान–प्रदान कार्यक्रममा भोट गरिदिन बिजेता बनाईदिन आग्रह गरिएकाे हाे ।

_1736908732.jpg)
मोहनमाया माविमा इन्जिनियरिङमा अध्ययनरत सुसना नृत्यमा मात्र नभएर अध्ययनमासमेत अब्बल छात्रा भएको प्रधानाध्यापक शेरबहादुर श्रेष्ठले बताए ।
बिर्तामोडस्थित गुरुकूल नृत्य संगीत बिद्यालयकी सञ्चालक कमला नेम्वाङको अध्यक्षतामा भएको नृत्य शिक्षक मुकुन्द ढकालले स्वागत गरेका थिए ।

बिद्यालयका प्रधानाध्यापक श्रेष्ठ, सुसनाकी आमा सानु श्रेष्ठ कोइराला, उक्त संगीत बिद्यालयकी फाउन्डर कमला नेम्वाङ, गुरुकूलका नृत्य प्रशिक्षक सुशान्त चेम्जोङले सवैले उनलाई भोट गरिदिन सवैमा आग्रह गरेका छन् ।
धेरै मेहनती सुसना गुरुकुलको गहना भएको भन्दै गुरुकूलका नृत्य प्रशिक्षक सुशान्त चेम्जोङले उनमा भएको प्रतिभालाई सफल बनाउन सवैले सहयोग गर्नु पर्ने बताए ।
सुसना बिर्तामोडको मात्र नभएर नेपालमै प्रतिभाशाली चेली भएकाले पनि भोट गरेर बिजेता बनाइदिन आग्रह गरिएको छ । संसार भरिका नेपालीहरुबाट छनोटमा पर्नु गर्वको कुरा भएको भन्दै प्रतिभासँगै भोटिङले छनोट हुने भएकाले आर्थिक जोहो गर्नुपर्ने भएकाले सवैले साथ र सहयोग गरिदिन पनि आमा सानुले आग्रह गरिन् ।
स्कुलका हरेक क्रियाकलापमा सक्रिय सुसनाको नृत्यकै माध्यमबाट चिनिने ठुलो सपना रहेको बताइन् । उनले यसअघि फ्याक्जिबिलिटि क्विनको उपाधिसमेत जितेकी थिइन् ।
उनलाई भोट गर्नका लागि माई इन्ट्रा एप डाउनलोड गरेर सुसना कोइराला प्रोफाइलमा गएर एसएमएसमा MDU 12 टाइप गरेर ३७००० मा सेन्ट गरेर भोट गर्न सकिने सुसानाले बताइन् ।
विदेशबाट माई इन्ट्रा एप डाउनलोड गरेर मेरो डान्स युनिभर्स क्लिक गरेर कन्टेन्सनको प्रोफाइनलमा गई भोट गर्न सकिने र आगामी भदौं २ गते सोमवारदेखि राति १० बजेदेखि भदौं ७ गतेसम्म भोट गर्न सकिनेछ ।