झापा, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सनले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ ।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट विद्यालय शिक्षा विधेयक पारित भएसंगै प्याब्सनले थप आन्दोलनका कार्यक्रम सार्बजनिक गरेको हो । विधेयकमा केही बुँदा सम्सोधनको माग सहित प्याब्सन आन्दोलित थियो ।

_1751853734.jpg)
विधेयकमा निजी विद्यालयलाई गैर नाफा मूलक बनाउने विषयमा विवाद छ । विद्यालय सञ्चालकहरुले कम्पनी ऐन अन्तर्गत दर्ता भएका विद्यालयलाई गैर नाफामूलक बनाउने भन्ने व्यवस्था हटाउनु पर्ने, पूर्ण छात्रवृत्तिबाट पोसाक, स्टेशनरी, शैक्षिक सामाग्री र खाजा
उपलब्ध गराइनु पर्ने, छात्रवृत्ति सम्बन्धी अधिकार स्थानीय तहलाई दिने भन्ने व्यवस्था हटाएर विद्यालयलाई दिने भन्ने व्यवस्था हटाएर विद्यालयलाई नै दिनु पर्ने माग राखेका छन् । यद्दपि विधेयक भने प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट विद्यालय शिक्षा विधेयक पारित भएको छ ।

_1736908732.jpg)
विधेयक पारित भएसंगै प्याब्सनले आन्दोलनलाई थप शसक्त बनाएको हो । प्याब्सन केन्द्रीय कार्य समितिको निर्णय अनुसार प्याब्सन झापाले समेत आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । जस अन्तरगत भदौ ६ गते विद्यालय सञ्चालन पश्चात यातायातका साधन लिएर पालिका घेराउ गर्ने,कालो झण्डा प्रर्दशन गर्ने, केही दुरीसम्म शात्ति पूर्ण रुपमा आन्दोलन गर्ने कार्यक्रम तय भएको प्याब्सन झापाका सचिव लक्ष्मीप्रसाद उप्रेतीले जानकारी दिए ।
उनका अनुसार सबै पालिकामा केन्द्रीय निर्देशन अनुसार कार्यक्रम गरिने छ । झापाको बिर्तामोडस्थित शैनिकमोड विराटपोखर लाइनमा विद्यालयका सवारी साधनहरुमा व्यानर र कालो झण्डा राखी सवारी साधन सडकमा निकालेर नगर परिक्रमा गर्ने कार्यक्रम छ ।

अर्जुनधारामा शनिश्चरे बजारबाट ¥याली निकालेर नगरपालिका पुग्ने कार्यक्रम छ । वाह्रदशीमा भ्यू टावरबाट राजगढसम्म पुग्ने र पालिका आउने कार्यक्रम छ । कनकाईमा सुरुङ्गाबाट नगरपालिकासम्म आउने कार्यक्रम तय भएको प्याब्सन झापाका सचिव उप्रेतीले बताए ।
यस अघि प्याब्सन एन प्याब्सन र हिसानले साउन २९ गतेदेखि निरन्तर आन्दोलन गर्दै आएका छन् । २९ गते पालिका प्रमुखलाई ज्ञापनपत्र, ३० गते प्रजिअ र शिक्षा विकास समन्वय इकाईका प्रमुखलाई ज्ञापनपत्र बुझाएका थिए । त्यस्तै राष्ट्रिय सभा सदस्य प्रतिनिधि सभा सदस्यलाई समेत ज्ञापनपत्र बुझाएका थिए ।