झापा । दक्षिण कोरिया पठाउँछु भनेर १ करोड ८ लाख रुपैयाँ ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–१ घर भएका ३८ वर्षीय साहारा सुव्वा थेवे छन् ।

काठमाडौँको नक्साल बस्दै आएका थेवेलाई ललितपुरको हरिसिद्धिबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए ।

उनले ९ जना पीडितबाट १ करोड रुपैयाँ ठगेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । आरोपीलाई कानुनी कारवाहीका लागी प्रहरीले वैदेशिक रोजगार विभागमा बुझाएको छ ।