झापा

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि.का कर्मचारीलाई अभद्र व्यवहार गर्नेलाई प्रहरीले प्रक्राउ गरेको छ ।

अभद्र व्यवहार गर्ने मोरङ मिक्लाजुङ–२ बस्ने दुर्गामाया लिम्बू र माया मगरलाई प्रहरीले पक्राउ गरेको हो । सहारा नेपालका कर्मचारीलाई  जुत्ताको माला लगाएर अभद्र व्यवहार गरि फरार भएका दुई महिलालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई अभद्र व्यवहारको कसुरमा विहिवार अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

उनीहरु एक महिना बढी समयदेखि बेपत्ता थिए। उनीहरु विरुद्ध इलाका प्रहरी कार्यालय उर्लाबारीमा उजुरी परेको थियो ।
गत असार २९ गते  सहारा नेपाल साकोसको मधुमल्ला सेवाकेन्द्र प्रमुख रमेश राई र कर्मचारी सुशिला लामिछानेलाई दुर्गामाया र मायाले दुव्र्यवहार गरेका थिए ।
कागजपत्र तयार गरी घरमै कर्जा नवीकरण गर्न बोलाएका ती महिलाहरुले सहाराका  कर्मचारीलाई जुत्ताको माला लगाइदिएका थिए ।