युवा  समाजसेवी निमा लामाले अनाथ आश्रमका लागि खाद्यान्न सहयोग गरेका छन् । उनले आफ्नो जन्मदिनको अवसर पारेर आज आइतबार अर्जुनधारा ६ मा रहेको अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रमा दाल ,चामल खाने तेल, साबुन ,भुजिया , आंटा लगायतका खाद्यान्न सहयोग गरेका हुन् । 

मेचीनगर ६ निवासी लामाकी आमा हर्कमायाको प्रेरणाले  सामाजिक उत्तरदायित्व बहन गर्दै थोरै भएपनि सहयोग  गरिएको उनले बताए ।  उनले प्रत्येक वर्ष आफ्नो जन्मदिन सहित विभिन्न अवसर पारेर यसरी विभिन्न संघसंस्थाहरुलाई सहयोग गर्दै आइरहेका छन् । 

उनकी  आमा हर्क माया लामाको बिर्तामोड र धुलाबारीमा द अफ्सो लुट प्रोफेशनल स्पा एण्ड सलोन सञ्चालनमा छ । शिक्षाविद, खेलप्रेमी समेत रहेका लामाले यसअघि पनि विभिन्न सामाजिक क्षेत्रमा सहयोग गरेको भन्दै प्रशंसा समेत गरिएको छ।

WhatsApp Image 2025-08-24 at 20.26.42 (1)

सहयोग हस्तान्तरण कार्यक्रममा लामाकी श्रीमती सुष्माको पनि सहभागिता रहेको थियो। उनीहरुले आश्रमका सञ्चालक कृष्णदेव दुलाललाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । २०६९ सालमा स्थापना भएको सो आश्रममा अपाङ्गता भएका अभिभावकविहीन बालबालिकाहरू रहँदै आएका छन् । उनीहरूको हरूले उपलब्ध गराएको सामग्रीले उनीहरुको जीविका चलिरहेको सञ्चालक दुलालले जानकारी दिए। साथै उनले दाता परिवारलाई धन्यवाद समेत दिएका छन्।