झापा ः कोशी प्रदेश सरकारले ल्याएको आमसञ्चार विधेयकविरुद्ध बिहीबार झापाको सदरमुकाम स्थित जिल्ला प्रशासन कार्यालय चन्द्रगढीमा झापाका  सञ्चारकर्मीहरूले विरोध प्रदर्शन गरेका छन्। पत्रकारहरूले विधेयकमा राखिएका प्रावधानले प्रेस स्वतन्त्रता माथि गम्भीर प्रहार गर्ने भन्दै तत्काल सच्याउन माग गरेका हुन्।

विरोधमा उत्रिएका सञ्चारकर्मीहरूले ‘पत्रकारमाथि दमन बन्द गर’, ‘आमसञ्चार विधेयक खारेज गर’, ‘प्रेस स्वतन्त्रता सुनिश्चित गर’ जस्ता नारा लगाउँदै प्रदर्शन गरेका थिए। साथै प्रशासनको मुल गेट अगाडि एक घण्टा धर्ना समेत दिएका थिए । 

पत्रकार संघसहितका संगठनहरूले विधेयकमा सञ्चारमाध्यम नियन्त्रण गर्ने, सामग्री रोक्ने, पत्रकारमाथि जरिवाना गर्ने प्रावधानहरू प्रेस स्वतन्त्रताको विरोधी रहेको भन्दै खारेज गर्नुपर्ने माग राखेका छन्।

WhatsApp Image 2025-08-28 at 06.56.34 (2)

यो स्वरूपमै विधेयक पारित भएमा स्वतन्त्र पत्रकारिता जोखिममा पर्छ, पत्रकारहरूले चेतावनी दिएका छन्। उनीहरूले लोकतन्त्रको आधारस्तम्भ प्रेस स्वतन्त्रता भएकाले सरकारले प्रेसमैत्री कानुन ल्याउनुपर्नेमा जोड दिएका छन्।