काठमाडौं । सामाजिक अभियन्ता आशिका तामाङलाई जिल्ला अदालत भक्तपुरले ५ दिन कैद सजाय र ५ सय रुपैयाँ जरिबानाको फैसला सुनाएको छ । भक्तपुरको साँगास्थित झोलुंगे पुल तर्न शुल्क असुलिएको विरोध गर्दा उनीविरुद्ध मुद्दा परेको थियो ।
आशिकाले शुल्कको विरोध गर्दै रसिद बुक च्यातिदिएकी थिइन् । आज विश्वनाथ भट्टराईको इजलासले उनलाई कैद र जरिबानाको सजाय गरेको अदालतकी प्रवक्ता हीराकुमारी भण्डारीले जानकारी दिइन् ।
भण्डारीका अनुसार ८ हजार ३ सय रूपैयाँ जाहेरवालालाई क्षतिपूर्ति पनि फैसला भएको छ । यस्तै, पीडित राहतकोषमा दुई(दुई सय बुझाउनुपर्ने उनले बताइन् ।