पहिलाे पटक फरक क्षमता भएका (अपाङ्गता भएका) नेपाली नागरिकलाई आफ्नाे प्रतिभा उजागर गर्नकालागि अवसर प्राप्त हुने भएकाे छ ।
भारतकाे सिक्किम स्थित भुवनेश्वरमा रहेको एक दृढ गैर-नाफामुखी स्वयंसेवी संस्था, शान्तिधाम फाउन्डेसनले


नवाैं संस्करणको कार्यक्रममा नेपाली नागरिकलाई पनि सहभागी गराउन लागेकाे जानकारी दिएकाे हाे ।

_1736908732.jpg)
झूम इन्टरनेशनल फस्ट टाइम इन सक्किम नाममा नवाैं संस्करणको साथ सामाजिक सुधारको लागि उक्त कार्यक्रमकाे आयाेजना गरेकाे आज बिर्तामाेड स्थित हाेटल किङ्स बेरीमा आयाेजित पत्रकार भेटघाटमा एसकेएम साँस्कृतिक बिभागका राज्य संयाेजक मनाेज लामाले जानकारी दिए ।
फाउण्डेशनले एक बर्ष अघि नै भारतमा यो अनौठो प्रतिभा खोज, अपाङ्गता भएका व्यक्तिहरू (PwDs) को लागि नृत्य, गीत, गति चित्रकला, अभिनय, नक्कल, एंकरिंग र थप सहित विभिन्न वर्गहरूमा कार्यक्रम गरिसकेकाे छ । याे पटक नेपालिहरूकालागि पनि यहि बिबिध बिधामा आफ्नो असाधारण क्षमता प्रदर्शन गर्न सकने लामाकाे भनाई छ ।

यो अनौठो कार्यक्रमले प्रतिभाशाली अपाङ्गता भएका व्यक्तिहरूलाई एउटा विशाल प्लेटफर्म दिने र उनीहरूले आफ्नो लुकेको प्रतिभा विश्वव्यापी रूपमा प्रदर्शन गर्न सक्ने सिक्किमकाे फिल्म बाेर्डका अध्यक्ष टासी छिरिङ भुटियाकाे भनाई छ ।
याे कार्यक्रमले उनीहरूलाई पहिचान, नाम, प्रसिद्धि र अन्ततः आफ्नो प्रतिभा मार्फत जीविकोपार्जन गर्न पर्याप्त आत्मविश्वास दिने एसकेएम साँस्कृतिक बिभागका उपाध्यक्ष डक्टर मनाेज राई बताउँछन् ।
झूम इन्टरनेशनलका विजेताहरूको घोषणा समारोहमा गरिनेछ र उनीहरूको प्रदर्शनको प्रचार गरिनेछ।
एसकेएम साँस्कृतिक बिभाग र सैयता फाउण्डेशनकाे सहकार्यमा कार्यक्रम हुन लागेकाे एसकेएम साँस्कृतिक बिभागका महासचिव दास तामाङले बताए ।
कार्यक्रमकाे सहजिकरण नेपाल संयाेजक सुनिता तामाङले गरेकी थिईन । जसनसुकै भाषामा आफुसँग भएकाे प्रतिभा देखाउन सहभागिले सक्ने बताईएकाे छ ।