झापाको विर्तामोडमा सुविधा सम्पन्न संरचनमा गनतव्य लन्च एण्ड वार सञ्चालनमा आएको छ । विर्तामोड ३ स्थित भगवान चोकमा नयाँ संरचनामा डिजे सहितको नाइट क्लव सञ्चालन आएको हो।
विर्तामोड १ का निर्भिक शिवाकोटी र डिल्ली रमण शिवाकोटीले उक्त वार सञ्चालनमा ल्याएका हुन्।
साढे ३ वर्ष अघि स्थापना भएको वारमा अझ धेरै सेवा सुविधा थप गरेर नयाँ संरचरनामा क्लव सञ्चालनमा ल्याइएको हो ।

भदौ १८ गते सामान्य उद्घाटन गरिने नाइट क्लवको ग्राण्ड ओपनिङ असोज १ गते गर्ने कार्यक्रम तय भएको सञ्चालक सेवाकोटीले आज सोमबार आयोजित पत्रकार भेटघाटमा जानकारी दिए।
युवाहरुको माग बमोजिम उच्च स्तरीय साउण्ड प्रुफ सुविधा र आकर्षक लाइट सहितको एलइडी डेक्सटप सिस्टममा नाइट क्लब सञ्चालनमा ल्याउन लागिएको सञ्चालक निर्भिक शिवाकोटीले जानकारी दिए।

केही वर्ष अगाडि अध्ययनका लागि अस्ट्रेलिया पुगेका निर्भिकले आफ्नै क्षेत्रमा काम गर्ने र बेरोजगार युवाहरूलाई पनि रोजगारी दिने उद्देश्य अनुरुप नै स्वदेश फर्किएर यो व्यापार व्यवसायमा हात हालिएको जानकारी दिए।
सुविधा सम्पन्न नाइट क्लबमा दैनिक स्थानीय ब्यान्डसहित बाहिरबाट समेत कलाकारहरू आएर सांगीतिक कार्यक्रम पस्कने अर्का सञ्चालक डिल्लीरमण शिवाकटीले बताए । उनले छोराको चाहना बमोजिम नै करिब ४ करोड रुपैयाँको लगानीमा सुविधा सम्पन्न नाइट क्लब खोलिएको बताए । यस्तो फराकिलो र पारिवारिक साथै रमणीय वातावरणमा बिर्तामोड क्षेत्रमा यस्ता डिजे सहितको नाइट क्लब नभएको उनीहरूको भनाइ छ।