बिर्तामोड  । 

झापाको बिर्तामोडस्थित मुक्ति चोकमा नेपाल पत्रकार महासंघ झापाको आयोजनामा  मौन र्याली निकालिएको छ । आज शुक्रवार शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल ९पापड० र स्वच्छ छविका नागरिक अगुवाहरूले शान्तिपूर्ण मौन विरोध प्रदर्शन गरेका हुन् । 

देशव्यापी मौन बिरोध प्रदर्शन अन्तरगत बिर्तामोडको मुक्ति चोकबाट शान्तिपूर्ण र्याली गरिएको थियो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको नेतृत्वमा विभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकारहरु लगायतको उपस्थितिमा शान्ति र लोकतन्त्रको लागि सेभ द नेशन, सेभ द कन्स्टिच्यूसन लेखिएको प्लेकार्ड बोकेर मौन र्याली निकालिएको थियो ।

मुक्ति चोकबाट अधुवा खोलाको पुल हुँदै पुनः मुक्ति चोकमा पुगेर शान्तिपूर्ण मौन बिरोध जनाउँदै र्याली समापन भएको थियो ।