झापाको बिर्तामोडमा आजबाट तेस्रो किताव मेला शुरु भएको छ । बिर्तामोड स्थित इशा बुक्स एण्ड स्टेशनरीको आयोजनामा तेस्रो किताव मेला शुरु गरेको हो ।


बिर्तामोड–५ शनिश्चरे रोडस्थित नेपाल बैंक छेउमा रहेको इशा बुक्समा आजबाट सुरु भएको मेला असोज १२ गतेसम्म सञ्चालन रहने आयोजक इशा बुक्स एण्ड स्टेशनरीका प्रोपाइटर केशवप्रसाद मैनालीले जानकारी दिए ।
पठन संस्कृतिको विकास गर्ने उदेश्यले तथा विगत तीन बर्षदेखि किताव मेला आयोजना गरिदै आएको मैनालीले बताए ।

_1736908732.jpg)
उनका अनुसार किताव मेलामा पुराना र नयाँ साहित्यक, इतिहास, धार्मिक, खोज तथा अनुसन्धान, अंग्रेजी उपन्यास, आर्थिक सम्बन्धीलगायतका पुस्तक पाइने छ । मेलामा किताव खरिद गर्दा १० देखि ३० प्रतिशतसम्म छुटको ब्यवस्था गरिएको छ । मैनालीले सवै प्रकारका किताव एकै स्थानमा बिशेष छुटमा किताब पाइने जनाइएको छ ।
