झापामा प्रहरी बिस्थापित भएको मौका पारेर जुवा जन्य खेल जतासुकै खेलाइन थालेको छ । जेनजीको अन्दोलनमा जिल्लाका सबैजसो प्रहरी कार्यालयहरू आन्दोलनकारीहरूले नियन्त्रणमा लिएर ध्वस्त बनाएसंगै अहिले प्रहरी विस्थापित छन् । प्रहरीको उपस्थिति शून्यजस्तै बनेसंगै अहिले जिल्लाका शहर बजार क्षेत्रमा खुल्ला रुपमा जुवाजन्य खेल युवाहरुको समुहले खेलाउंदै आएको हो ।
चाडपर्व दशैं र तिहार नजिकिएको मौका पारेर निर्वाध जुवा तास , लङ्गुर बुर्जा बिर्ताबजार, बिर्तामोड, दमक, सुरुगां लगायतका बजारमा खेलाइरहेको छ ।


जेनजी आन्दोलनमा इलाका प्रहरी कार्यालय अनारमनी, दमक, सुरुगां, भद्रपुर , शनिश्चरे लगायतका प्रहरी कार्यालय धवस्त छन् । जस कारण प्रहरी अहिले बिस्थापित भएका छन् । कहिले प्रहरी फर्किन्छ टुंगो छैन । तर प्रहरीको अनुपस्थितिमा समाजमा लुटपाट, चोरी डकैती, दुर्घटना, अपराध बढ्न थालेको छ ।

_1736908732.jpg)
थाहा पाइरहौं यस्तो छ सजाय जुवातास खेल्ने खेलाउनेलाई

जुवातास खेल्ने खेलाउने कार्यलाई नेपालको कानुनले अपराधमा राखेको छ। नयाँ अपराध संहिता लागु हुनु अगाडि सजायको व्यवस्था निकै कम भएको र त्यसले जुवातास नियन्त्रण नहुने धेरैको मत थियो।
जुवा ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई सय रुपैयाँ जरिबाना र दोस्रोपटकदेखि भने बढीमा नौ महिना कैदको व्यवस्था थियो। तर २०७५ साल भदौदेखि लागु भएको मुलुकी अपराध संहितामा जुवा खेल्ने वा खेलाउनेलाई सजाय बढाइएको छ।
उक्त संहिताको दफा १२५ मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजारसम्म जरिबानाको व्यवस्था छ।
दोस्रो पटकमा एक वर्षसम्म कैद वा ५० हजारसम्म जरिबाना तोकिएको छ। दोस्रो पटक सजाय भुक्तान गरेर पक्राउ परेमा हरेक पटक थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिबाना तिर्नु पर्ने व्यवस्था छ।
जुवा खेल्न प्रयोग भएको साधन र जुवा खालमा प्राप्त सम्पुर्ण चलअचल सम्पत्ति जफत हुने कानुनी व्यवस्था छ। तर जुवा खेलेको घर वा कोठा वा ठाउँ वा सवारीसाधन भने जफत हुँदैन।