बिर्तामोड । 

झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको  पूर्वेली ढुवानी सेवा प्रालिले आज भव्यरुपमा विश्वकर्मा पूजा गरेको छ।  बिर्तामोड–५ सुगम पेट्रोल पम्प दक्षिण  मुख्य कार्यालय रहेको ढुवानी सेवाले विश्वकर्मा पूजाको अवसर पारेर आज  एकै स्थानमा ४०  वढी मालबाहक सवारी साधनको सामुहिक भव्य रुपमा विश्वकर्माको पूजा गरेको हो।

WhatsApp Image 2025-09-17 at 18.58.55 (1)

पूर्वेली ढुवानी सेवाका सञ्चालक निर्मलराज खत्री न्यौपानेले  ट्रकलाई रिवन, फुलपाती, अक्षताले पूजा आराधना गरेर चालक र सह–चालकलाई टिका लगाएर विश्वकर्माको पूजा गरेका हुन्। सुनसरीको इटहरीमा शाखा कार्यालय समेत रहेको ढुवानी सेवाले देशैभर ४० भन्दा वढी ट्रकबाट सेवा प्रदान गर्दै आएको जनाइएको छ । 

सञ्चालक निर्मल बिभिन्न संघ संस्थामा आबद्ध छन् । त्यस्तै उनी सामाजिक कार्यमा समेत सक्रिय छन्। उनले गरिब, दिनदुःखी र बिपन्न,  खेलकुदको क्षेत्र सहितका अन्य क्षेत्रमा सामाजिक कार्य गर्दै आएका छन् ।