सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको चौथो इकाइगत साधारण सभा सम्पन्न भएको छ ।

झापाको कनकाईमा आज संस्थाको १५ औँ साधारण सभा अन्तर्गत चौथो इकाइगत सभा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष सुभाष भट्टराईले इकाइगत साधारण सभाको उद्घाटन गर्नुभएको थियो ।

इकाइगत साधारण सभामा १० जनालाई सम्मान गरिएको छ। कार्यक्रममा पाँच जना उत्कृष्ट बचतकर्ता र पाँच जना उत्कृष्ट ऋणीलाई सम्मान गरिएको हो ।

उत्कृष्ट बचतकर्तातर्फ विष्णुप्रसाद दाहाल, प्रदिपकुमार दास, रविन रसाइली, तेजबहादुर प्रधान र सोमबहादुर लिम्बुलाई सम्मान गरिएको छ । त्यस्तै, उत्कृष्ट ऋणीतर्फ निरमाया राई, चित्रमान रसाइली, आशाकुमारी चौधरी, मनिष ठाकुर र निर्मला खपाङ्गीलाई सम्मान गरिएको छ ।

संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतका अनुसार ४६ वटा सेवा केन्द्रबाट एक जना उत्कृष्ट बचतकर्ता र एक जना उत्कृष्ट ऋणीलाई सम्मान गरिनेछ ।

IMG-20250922-WA0010

संस्थाले गत आर्थिक वर्षमा  उत्साहजनक उपलब्धि हासिल गरेको कार्यकारी प्रमुख बस्नेतले बताउनुभयो । गत आर्थिक वर्षमा ३८ करोड बढी वासलात वृद्धि भएर ३ अर्ब ३३ करोड पुगेको कार्यकारी प्रमुख बस्नेतले जानकारी दिनुभयो । संस्थाको हाल ६९ हजार बढी सेयर सदस्य रहेका छन् । 

संस्थाले गत आर्थिक वर्षमा १ करोड ३९ लाख रुपैयाँ  सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गरेको संस्थाका कार्यकारी प्रमुख बस्नेतले बताउनुभयो । संस्थाले सदस्यहरूलाई स्वास्थ्य उपचार, कर्जा मिनाहा, काजक्रिया खर्चबापत लाखौँ रुपैयाँ खर्च गरेको जनाएको छ।

IMG-20250922-WA0007

इकाइगत साधारण सभामा लक्ष्मीपुर सेवा केन्द्रका सेयर सदस्य गोविन्दराज कडेलको निधन भए पश्चात् उहाँको नाममा रहेको कुल ऋण रकममध्ये २ लाख २९ हजार ७६ रुपैयाँ ५२ पैसा रकम मिना गरिएको पत्र उहाँकी छोरीलाई संस्थाका अध्यक्ष सुभाष भट्टराई लगायतले हस्तान्तरण गर्नुभएको थियो ।

इकाइका साधारण सभाले १० जना प्रतिनिधि छनोट गरेको छ । चौथो इकाइको साधारण सभा अन्तर्गत लक्ष्मीपुर सेवा केन्द्र, कामाटोली सेवा केन्द्र, सुरुङ्गा सेवा केन्द्र, दुधे सेवा केन्द्र र शिवगञ्ज सेवा केन्द्रका शेयर सदस्यहरूको उपस्थिति रहेको थियो ।

इकाइगत साधन सभाको सञ्चालन संस्थाका जनसम्पर्क अधिकारी प्रेम बस्नेत विजयले गर्नुभएको थियो ।