झापा । झापाको बिर्तामोड –३ मा रहेको लिङ्कन मन्टेस्वरीले आज एक विशेष कार्यक्रमका बीच देउसी–भैलो खेल्दै सांस्कृतिक नाचगान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा विद्यार्थीहरूले परम्परागत भेषभूषामा विविध सांस्कृतिक प्रस्तुति, गीत, नृत्य र देउसी–भैलो प्रस्तुत गरेका थिए । तिहार पर्वको अवसर पारेर आयोजना गरिएको सो कार्यक्रममा अभिभावक, शिक्षक उपस्थिति रहेको थियो ।

कार्यक्रमको आकर्षणका रूपमा गायक तथा संगीतकार समिर खरेल र संगीत प्रशिक्षक स्मरण चुडाललेआफ्नो लोकप्रिय गीतहरू प्रस्तुत गर्दै दर्शकहरूलाई मन्त्रमुग्ध बनाएका थिए ।

कार्यक्रमका क्रममा विद्यालयका सञ्चालक सरोज पौडेलले यस किसिमका सांस्कृतिक कार्यक्रमहरूले विद्यार्थीहरूमा कला, संस्कृतिप्रतिको सम्मान र राष्ट्रिय पहिचानको भावना जगाउने विश्वास लिएको बताउँदै सबै अभिभावक, अतिथि तथा सहभागीप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो ।

बाल मैत्री  विद्यालयको रुपमा परिचीत लिङ्कनले हरेक वर्ष यस किसिमका सांस्कृतिक कार्यक्रममार्फत विद्यार्थीहरूको आत्मविश्वास र

सामूहिक सहभागिता अभिवृद्धि गर्ने परम्परा कायम गर्दै आएको जनाएको छ । कार्यक्रमको सञ्चालन लोकेन्द्र थपलियाले गर्नुभएको थियो ।