झापाको गौरीगंजबाट आज ४ ग्राम ११० मिलिग्राम ब्राउनसुगर सहित दुईजनालाई  पक्राउ गरिएको छ । गौरीगंज गाउँपालिका वडा न ५ फत्तेपुर बोर्डरमा दमक –३ का २७ वर्षीय निमा दोर्जी तामाङ र ३८ वर्षीय सुकबहादुर राई लागूऔषधसहित पक्राउ परेका हुन् ।