काठमाण्डौ – सोलुखुम्बुको लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएपछि लुक्लाबाट रामेछाप र काठमाण्डौका लागि हुने उडान तत्कालका लागि रोकिएको छ । आज बिहान ७ बजेर ५० मिनेटमा अल्फा माइक सेरा कलसाइन भएको अल्टिच्युट एयरको हेलिकप्टर दुर्घटना भएको थियो ।


लोबुचे हेलिप्याडमा अवतरणका क्रममा चिप्लिएर दुर्घटना अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख, प्रहरी नायव उपरीक्षक ९डीएसपी० मनोजित कुँवरले जानकारी दिनुभयो । हेलिकप्टरमा पाइलट विवेक खड्कामात्र रहेको र उहाँलाई कैलाश हेलिकप्टरमार्फत् तत्कालै उद्दार गरी लुक्ला पुर्‍याएको पनि डीएसपी कुँवरले बताउनुभयो ।


खड्काको स्वास्थ्य अवस्था सामान्य छ । लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनामा भएपछि लुक्ला विमानस्थलले रामेछाप र काठमाण्डौका लागि हुने नियमित उडान तत्कालका लागि रोकिएको जनाएको छ । त्यहाँको मौसम छिनछिनमै फेरबदल भैरहेको छ । मौसममा सुधार नआएसम्मका लागि उडान रोकिएको हो ।

 ujyaloonline.com