झापा

झापाकाे बिर्तामोड स्थित पश्चिम बस स्टेण्डबाट प्रहरीले  ९ जना जुवाडेलाई नगद र तास सहित  पक्राउ गरेकाे छ ।  

बिर्तामोड –४ पश्चिम स्टेन्ड नजिकै आज बिहानको राति १ः४५ बजे बिर्तामोड २ काे बर्ष ३८ का रतन राजवंशी ,  बर्ष २६ का किशोर पराजुली , बर्ष ४३ का उत्तम शिवाकोटी , बर्ष ४३ का राजन थापा ,बिर्तामोड ३ काे

बर्ष ४० का डम्बर बस्नेत , बिर्तामाेड ३ कै  ४० का दिवाकर प्रसाई , बिर्तामोड ५ काे बर्ष ३६ का राजेन्द्र चौधरी , बाह्रदशी ४ काे  बर्ष २९ का राजुकुमार साह र मेचीनगर २ काे बर्ष २८ का नारायण पराजुलीलाई ईप्रका बिर्तामाेडले प्रकाउ गरेकाे हाे । 

उनिहरूलाई   बाह्रदशी ४ का २९ वर्षीय राजकुमार साहको कोठामा तास खेल्दै गरेकाे अवस्थामा गाेप्य सुचनाका आधारमा  प्रहरीले प्रकाउ गरेकाे हाे ।

प्रहरीले उनीहरुकाे साथबाट  नगद रु ७५ हजार ६०० र नखोलेको सिलप्याक तास ७ बुङ, खोलेको १ बुङ तास बरामद गरेकाे जनाईएकाे छ । 

ईप्रका बिर्तामाेडका डिएसपी बिजय श्रेष्ठले पनि ९ जना जुवाडे नगद सहित प्रकाउ परेकाे जानकारी दिए । उनले  कानुनी प्रकिया अनुसार आज म्याद थप गरेर उनीहरूलाई कारवाही गरिने बताए ।