प्रहरीलाई कुटपिट गर्ने  एकजना पक्राउ परेका छन् ।
भदौ २४ गते जेनजी आन्दोलनको क्रममा इप्रका बिर्तामोडमा आक्रमण गरि  झापामा कार्यरत प्रहरी हवल्दार बिजय खड्कालाई कुटपिट गरी गम्भीर घाइते बनाउने वर्ष २६ का नवराज राईलाई प्रहरीले पक्राउ  गरेकाे हाे ।


बिर्तामोड वडा न.५ बस्ने राई घटना पश्चात फरार थिए ।

उनलाई कात्तिक २० गते साँझ ६ बजे खोजतलासको क्रममा भक्तपुर प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले भक्तपुर एरियाबाट पक्राउ गर्न सफल भएको हो ।

राईलाई आवश्यक अनुसन्धानको लागि इप्रका बिर्तामोडमा ल्याई ज्यान मार्ने उद्योग कसुरमा दर्ता गरी जिल्ला अदालत झापाबाट ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडमा ढुंगामुढा गर्ने , आगजनी गर्ने दुई जनालाई प्रहरीले हिजै शुक्रबार पक्राउ गरेकाे छ । 

बिर्तामोड ५ त्रिवेणी चोकबाट अर्जुनधारा ६ बस्ने २२ वर्षीय पदम राई र उनकी श्रीमती २४ वर्षीया पुजा मगरलाई प्रहरीले पक्राउ गरेको हो ।