इनरह्वील क्लब अफ विर्तामोड मिडटाउनको आयोजनामा आज रक्तदान कार्यक्रम आयोजना गरिएको छ । झापाको बिर्तामोड ३ स्थित बिर्ताबजारमा रहेको दुर्गा मन्दिरमा रक्तदान कार्यक्रम गरिएको हो । 

आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने उदेश्य अनुरुप रक्तदान कार्यक्रम आयोजना गरिएको इनरह्वील क्लब अफ विर्तामोड मिडटाउनको अध्यक्ष लुना बस्नेतले जानकारी दिइन । 

WhatsApp Image 2025-11-08 at 09.36.54

नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उप शाखाको प्राविधिक सहयोगमा आयोजना गरिएको रक्तदान कार्यक्रमको प्रमुख अतिथि लोकराज ढकाल रहेका थिए । प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय सदस्य तथा झापा सभापति ढकालले कार्यक्रमलाई सम्बोधन गर्दै सामाजिक उत्तरदायित्व वहन गर्दै रक्तदान कार्यक्रम आयोजना गरेको भन्दै आयोजकलाई प्रशंसा सहित धन्यवाद ज्ञापन गरे । 

WhatsApp Image 2025-11-08 at 09.36.55

साथै ढकाललाई मानव सेवा, रक्तदान प्रबद्धन र सामाजिक उत्तरदायित्वका क्षेत्रमा पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै दोसल्ला ओढाएर सम्मानपत्रद्धारा  इनरह्वील क्लबले सम्मान समेत गरेको अध्यक्ष लुना बस्नेतले बताइन । 

WhatsApp Image 2025-11-08 at 09.36.50

इनरह्वील क्लबको सचिव कमला पौडेलले सञ्चालन गरेको कार्यक्रमको औचित्यमाथि प्रकाश तथा स्वागत अध्यक्ष बस्नेतले गरेकी थिइन । कार्यक्रममा शिक्षा सेवी खिलनाथ शिवाकोटी, बिर्तामोड रेडक्रस सभापति मनोज अग्रवाल, विरता जेसिज बिर्तामोडका अध्यक्ष युवराज कुंवर, पुर्व अध्यक्ष प्रबिण खड्का, सामाजिक ब्यक्तित्व सजेश शिवाकोटी, जगत शर्मा, बिरेन कोइराला, बिष्णु आर्चाय, सन्तोष राजवंशी, आ्िशस वन लगायतको आतिथ्यता रहेको थियो । 

WhatsApp Image 2025-11-08 at 09.36.54 (1)