झापा

झापाको भद्रपुर नगरपालिका वडा नं. ९ र १० मापर्ने चन्द्रगढी सामुदायिक वनउपभोक्ता समूहको नवनिर्वाचित कार्य समितिले पदभार ग्रहण गरेको छ ।

हिजो सम्पन्न निर्वाचनबाट निर्वाचित पदाधिकारी–सदस्यहरुले आजदेखि नै पदभार सम्हालेका हुन् । नवनिर्वाचित कार्यसमितिकालागि वन परिसरमा आयोजित सपथ ग्रहण तथा पद हस्तान्तरण समारोहमा अध्यक्ष दुर्गाप्रसाद भट्टराईले नवनिर्वाचित अध्यक्ष अनुज खतिवडालाई समितिको माइन्युटबुक र अन्य दस्तावेज प्रदान गर्दै जिम्मेवारी हस्तान्तरण गरे ।

निर्वाचन समितिका संयोजक दामोदर घिमिरेको अध्यक्षतामा आयोजित समारोहमा नवनिर्वाचित अध्यक्ष खतिवडालाई संयोजक घिमिरे र अन्य पदाधिकारी–सदस्यलाई अध्यक्ष खतिवडाले सपथ गराएपछि पद हस्तान्तरण गरिएको थियो ।

निर्वाचन समितिका सदस्य मनकुमार डाँगीले सञ्चालन गरेको समारोहमा नवनिर्वाचि तअध्यक्ष खतिवडाले प्रतिबद्धता मन्तव्य सहित आगामी योजनाहरु प्रस्तुत गरेका थिए भने निवर्तमान अध्यक्ष भट्टराईले विदाइ मन्तव्य सहित आप्नो  कार्यकाललाई उपलब्धि मूलक बनाउन साथ–सहयोग गर्ने एवम् शान्तिपूर्ण र मर्यादित ढंगले निर्वाचन सम्पन्न गराउन प्रत्यक्ष–अप्रत्यक्ष  योगदान पुर्याउने सबै प्रति धन्यवाद व्यक्त गरे ।