झापा । जेनजी आन्दोलनका क्रममा झापाका प्रहरी संरचनामा आक्रमण गर्ने १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोड, इलाका प्रहरी कार्यालय दमक र इलाका प्रहरी कार्यालय सुरुङ्गाको कार्यालय भवन, सवारी साधन लगायत सरकारी संरचनामा तोडफोड र आगजनीमा संमलग्नलाई प्रहरीले पक्राउ गरेको हो ।
त्यस्तै प्रहरीले खतियार सहित अन्य सामग्री लुटपाट र प्रहरी कर्मचारीमाथि सांघातिक आक्रमण गर्नेमाथि पनि प्रहरीले खोजी तिब्र पारेको थियो । सीसीटिभी फुटेज, भिडियो, फोटो र देख्ने साक्षी लगायतको अध्ययन बिश्लेषणबाट पहिचान गरी उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको हो ।
पक्राउ पर्नेहरुमा इलाका प्रहरी कार्यालय बिर्तामोडमा आक्रमण गर्ने ९ जना र इलाका प्रहरी कार्यालय दमकमा आक्रमण गर्ने ४ जना रहेका छन् । उनीहरुलाई नियन्त्रणमा लिई झापा जिल्ला अदालतबाट म्याद लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रबक्ता डीएसपी खगेन्द्र खड्काले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय बिर्तामोडमा आक्रमण गर्दा पक्राउ पर्नेहरु
१. नाम : नवराज राई
उमेर : ४५ बर्ष
वतन : बिर्तामोड– ५
कसुर : ज्यान मार्ने उद्योग
पक्राउ मिति : २०८२।०७।२० गते (मिति २०८२।०७।२० गतेबाट ७ दिन म्याद थप)
२. नाम : राजन चौधरी
उमेर : २२ बर्ष
वतन : बिर्तामोड –५
कसुर : आपराधिक उपद्रव
पक्राउ मिति : २०८२।०७।२२ गते (मिति २०८२।०७।२२ गतेबाट ५ दिन म्याद थप)
३. नाम : आयुस धिमाल
उमेर : २० बर्ष
वतन : बिर्तामोड–५
कसुर : आपराधिक उपद्रव
पक्राउ मिति : २०८२।०७।२१ गते (मिति २०८२।०७।२१ गतेबाट ५ दिन म्याद थप)
४. नाम : गोपाल संग्रौला
उमेर : ४२ बर्ष
वतन : कन्काई –१
कसुर : आपराधिक उपद्रव
पक्राउ मिति : २०८२।०७।२१ गते ( मिति २०८२।०७।२१ गतेबाट ५ दिन म्याद थप)
५. नाम : बिष्णु बि.क.
उमेर : २५ बर्ष
वतन : कन्काई –३
कसुर : आपराधिक उपद्रव
पक्राउ मिति : २०८२।०७।२१ गते ( मिति २०८२।०७।२१ गतेबाट ५ दिन म्याद थप)
६. नाम : कुसल तिम्सिना
उमेर : २५ बर्ष
वतन : शिवसताक्षी –१०
कसुर : आपराधिक उपद्रव
पक्राउ मिति : २०८२।०७।२२ गते (मिति २०८२।०७।२२ गतेबाट ४ दिन म्याद थप)
७. नाम : संजय बस्नेत
उमेर : ३१ बर्ष
वतन : शिवसताक्षी –१०
कसुर : आपराधिक उपद्रव
पक्राउ मिति : २०८२।०७।२३ गते ( मिति २०८२।०७।२३ गतेबाट ३ दिन म्याद थप)
८. नाम : पुजा मगर
उमेर : २४ बर्ष
वतन : बिर्तामोड –५
कसुर : आपराधिक उपद्रव
पक्राउ मिति : २०८२।०७।२१ गते ( मिति २०८२।०७।२१ गतेबाट ५ दिन म्याद थप)
९. नाम : सुरज राई
उमेर : २८ बर्ष
वतन : अर्जुनधारा–७
कसुर : आपराधिक उपद्रव
पक्राउ मिति : २०८२।०७।२१ गते ( मिति २०८२।०७।२१ गतेबाट ५ दिन म्याद थप)
इलाका प्रहरी कार्यालय दमकमा आक्रमण गर्दा पक्राउ पर्नेहरु
१०. नाम : रियाज सिलवाल
उमेर :१९ बर्ष
वतन : दमक–३
पक्राउ मिति :मिति २०८२।०७।२३ गते (आपराधिक उपद्रव कसुरमा मिति २०८२।०७।२३ गतेबाटै ४ दिन म्याद थप)
११. नाम : नकुल अधिकारी
उमेर : २२ बर्ष
वतन : इलाम चुलाचुली–३
पक्राउ मिति : मिति २०८२।०७।२३ गते (आपराधिक उपद्रव कसुरमा मिति २०८२।०७।२३ गतेबाटै ४ दिन म्याद थप)
१२. नामः साजन लुहागुन
उमेर : २२ बर्ष
वतन : पांँचथर मिक्लाजुङ –५ घर भई हाल दमक –१
पक्राउ मिति : मिति २०८२।०७।२२ गते (आपराधिक उपद्रव कसुरमा मिति २०८२।०७।२३ गतेबाटै ५ दिन म्याद थप)
१३. नामःलोमश कटुवाल
उमेर : २४ बर्ष
वतन : दमक –७
पक्राउ मिति : मिति २०८२।०७।२४ गते










































