बिर्तामोड
फर्स्ट स्टेप एजुकेशनल कन्सल्टेन्सीले बिर्तामोडमा शीर्ष युनाइटेड किङडमका विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाट तथा परामर्शका लागि विशेष शिक्षा मेला आयोजना गर्ने भएको छ।
मेला आज बिर्तामोड–स्थित डा. प्रियंका क्लिनिक नजिक हुनेछ। मेलामा बीपीपी युनिभर्सिटी, युनिभर्सिटी अफ रोहम्पटन लन्डन तथा युनिभर्सिटी अफ द वेस्ट अफ स्कटल्याण्ड यूडब्लुएसका आधिकारिक प्रतिनिधिहरू सहभागी हुने कन्सल्टेन्सीले जनाएको छ।
उच्च शिक्षाको तयारी गरिरहेका विद्यार्थीहरूले आफ्नो शैक्षिक योग्यता, रोजाइका विषय र अध्ययन अवसरका बारेमा प्रत्यक्ष रूपमा प्रतिनिधिसँग छलफल गर्न सक्ने व्यवस्था गरिएको छ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले तुरुन्तै भर्ना सम्बन्धी मार्गदर्शन, छिटो अफर लेटर प्रक्रिया तथा पाँच हजार पाउण्ड झन्डै आठ लाख रुपैयाँ सम्मको छात्रवृत्तिबारे विस्तृत जानकारी पाउनेछन्।
यसका साथै, युनाइटेड किङडममा अध्ययनपछि दुई वर्षको कार्य–अनुमति ९पोष्ट–स्टडी वर्क भिसा पाउने प्रक्रिया, अध्ययन अवधिमा हप्तामा २० घण्टासम्म आंशिक काम गर्ने अवसर तथा बसोबास, खर्च, भिसा तयारीलगायत महत्वपूर्ण विषयमा पनि परामर्श दिइनेछ।
बिर्तामोड क्षेत्रमा विदेश अध्ययनका लागि जान चाहने इच्छुक विद्यार्थीहरूको चाप बढ्दै गइरहेको अवस्थामा सोही मागलाई मध्यनजर गरी विशेष शिक्षा मेला आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ। कन्सल्टेन्सीले विद्यार्थी तथा अभिभावकहरूलाई समयमै उपस्थित भई आवश्यक जानकारी लिन आग्रह गरेको छ। बिर्तामोडमा हुने यो यूके शिक्षा मेला यस वर्षको सबैभन्दा ठूलो अवसर मानिएको छ।










































