कात्तिक : लायन्स क्लब अफ बिर्तामोड सिटीले बिर्तामोडस्थित परोपकार तथा अनुसन्धान केन्द्रद्वारा संचालित वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुको स्वास्थ्य जाँचसंगै खाद्यान्न तथा न्यानो कपडा वितरण गरेको छ ।
विश्व मधुमेह दिवस तथा लायन्स क्लब अफ बिर्तामोड सिटीका फर्स्ट भाइस प्रेसिडेन्ट संजय चौधरीको जन्मदिनको अवसरमा वृद्धाश्रमका वृद्धवृद्धाहरुलाई सो सहयोग गरिएको हो ।
क्लबका अध्यक्ष राजकुमार गुप्ताको अध्यक्षता एवं वरिष्ठ मुटु तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सि. पी. यादवको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।
साथै सो कार्यक्रममा श्री छठ समाज सेवा समितिकी अध्यक्ष संगिता रौनियार , पूर्व अध्यक्ष प्रेमचन्द चौधरी,देवेन्द्र सिंह, सल्लाहकार निर्मलकुमार पाण्डे,लायन्स क्लब ३२५सी को जोन चेयर पर्सन पार्वता गिरी ,क्लबका डिस्ट्रिक मार्केटिङ अफिसर तथा चार्टर प्रेसिडेन्ट निरज ओली, क्लबका निवर्तमान अध्यक्ष उपेन्द्र बानियाँको विशेष आतिथ्यता रहेको थियो । त्यस्तै क्लबका अन्य पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको जनाइएको छ ।










































