झापाको कचनकवल ३ स्थित साविक पथरीयाबाट कटान भई हल्दिबारी स्थित अधिकारी चोक तर्फ ल्याउंदै गरेको अवस्थामा शसस्त्र प्रहरीले पक्राउ गरेको काठको मुद्धा कमजोर बनाउन चलखेल सुरु भएको छ ।
बिओपी केचना र प्रस्तावित सीमा सुरक्षा गुल्म घेराबारीका डिएसपी निरन थापा सहितको प्रहरी टोलीले अधिकारी चोकबाट ८४०८ नम्बरको आइसर सिमलको गोलीया बोकेको ट्याक्टर कात्तिक २६ गते नियन्त्रणमा लिएको थियो ।
जलसरी राजवंशीको जग्गामा रहेको रुख काटिएको बताइएको छ । सो गाडिलाई ४ दिन सम्म डिभिजन वन कार्यालय भद्रपुरमा राखेर आइतबार जलथल सव डिभिजन वन कार्यालय रगिंयाडाँडाको कार्यालय परिसरमा लगेर राखिएको छ । डिभिजन वन कार्यालयबाट सव डिभिजन पठाइएसंगै त्यसलाई शंकाको घेरामा राखिएको छ ।
अहिले सो गाडि र सामाननको बिषयमा अनुसन्धान भइरहेको जलथल सव डिभिजन वन कार्यालय साहयक वन अधिकृत केपी भट्टराईले जानकारी दिए । तर सो गाडि र काठ छुटाउन मुद्धा कमजोर बनाउने खेलमा स्वंम डिभिजन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठ लागि परेको स्रोतले जनाएको छ । शसस्त्र प्रहरी सहित वनका कर्मचारीलाई आर्थिक प्रलोभनमा पारेर सामान छुटाउने खेलमा तस्करीमा संमलग्न ब्क्तिहरु लागि परेको स्रोतले जानकारी दिएको छ ।









































