बिर्तामोड । जेनजी आन्दोलनमा बिर्तामोड ७ स्थित गरामनीमा रहेको प्रहरी पोष्टमा तोडफोड तथा आगजनी गर्ने दुईजनालाई प्रहरीले प्रक्राउ गरेको छ ।
मंलगबार साँझ बिर्तामोड ८ र ७ का दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीका अनुसार बिर्तामोड ८ गरामनी निवासी वर्ष ३६ को गंगाराम लिम्बु र बिर्तामोड ७ मुसहर डाँडा बस्ने वर्ष १९ को सेशेहाङ इङ्नाम लिम्बुलाई आफ्नै घरबाट नियन्त्रणमा लिएको हो ।








































