बिर्तामोड ।
झापाको अर्जुनधारा नगरपालिका ५ नम्बर वडा कार्यालयले इलाका प्रहरी कार्यालय अनारमनीलाई एक थान ल्यापटप सहयोग उपलब्ध गराएको छ । गत भदौं २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट ठूलो क्षति व्यहोरेको प्रहरीलाई आज वडाले सहयोग गरेको हो ।
अर्जुनधारा–५ का वडाध्यक्ष गीताराज खड्का (हरि), वडा सदस्य बिष्णुप्रसाद कँडेल (अर्जुन), लक्ष्मीप्रसाद खनालले इलाका प्रहरी कार्यालयमै पुगेर डिएसपी बिजय श्रेष्ठ, पुनः निर्माण तथा मर्मत सम्भारका अगुवा पदम श्रेष्ठ, बिपिन बजगाँईलगायतलाई ल्यापटप हस्तान्तरण गरेका हुन् ।
युवा व्यवसायी तथा सामाजिक व्यक्तित्व पदम श्रेष्ठ, बिपिन बजगाँई, रमेश चौधरीसहितका युवाहरुको अगुवाईमा ध्वस्त बनेको इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय पुनःनिर्माण तथा मर्मत सम्भार शुरु गरिएको थियो ।
सवैको सहयोग र साथले पुनःनिर्माण तथा मर्मत सम्भार अन्तिम चणमा पुगेको भएपनि सहयोग भने जुट्ने क्रम अझै सम्म जारी रहेको पुनःनिर्माण तथा मर्मत सम्भारका अगुवा बिपिन बजगाँईले जानकारी दिए ।









































