इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको हतियार र गोली पाँचथरबाट प्रहरीले फेला पारेको छ । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा इप्रका दमक तोडफोड तथा आगजनी पश्चात लटिएको दुई थान हतियार आज फेला परेको हो । इप्रका दमकबाट खटिएको प्रहरी टोलीले पाँचथरको आरुबोटे लामागाउँ स्थित ओडारबाट एक थान इन्सास र एक थान थ्री नट थ्री राइफल र ४ राउण्ड गोली फेला पारेको हो । 

 इलाका प्रहरी कार्यालय दमक तोडफोड तथा आगजानी गरी लुटपाट गरी साईकलमा प्रहरीको हतियार बोकी हिडीरहेको भिडियोको आधारमा प्रहरीले 

दमक नगरपालिका वडा नं ६ बाट जिल्ला पाँचथर मिक्लाजुङ गा.पा. वडा नं ३ बस्ने बुद्धिमान फियाक (लिम्बु) को छोरा  बर्ष २२ को सुशिल फियाक (लिम्बु) लाई पक्राउ गरे पश्चात हतियार बरामद भएको प्रहरी स्रोतले जानकारी दिएको छ । 

 जिल्ला प्रहरी कार्यालय पाँचथरसँग समन्वय गरी इप्रका दमकबाट प्रहरी निरीक्षक नबिन राईको कमाण्डमा गएको टोलीले  निम्न हातहतियार तथा गोलीगठ्ठाहरु   बरामद गरी  दमक तीर ल्याउंदै गरेको प्रहरी स्रोतले जनाएको छ । इप्रका दमकले जेनजी आन्दोलनमा क्रममा हराएका तथा लुटिएका हतियार र आगजनी र तोडफोडमा संमलग्नको खोजी कार्य तिब्र बनाएको छ । 

प्रहरीले बरामद गरेको हतियार र गोली निम्न छन् 

सिरियल नम्बर 62038 भएको म्याग्जिन सहितको .303 मार्क 3 राईफल थान-१ (एक) । 

२. सिरियल नम्बर 031102739 भएको म्याग्जिन नभएको बट र ह्याण्ड ग्रिप जलेको अवस्थामा रहेको ईन्सास थान- १ (एक) ।

३. ईन्सासको जंगी राउण्ड थान-१ (एक) ।        

४. SLR को जंगी राउण्ड थान-३ (तीन) ।