काठमाण्डौ – आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा एक हजार तीन सय रुपैयाँले घटेको छ । सुन आज तोलामा एक हजार तीन सय रुपैयाँले घटेर तोलाको दुई लाख ४१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ४३ हजार रुपैयाँ थियो ।
त्यस्तै आज चाँदी तोलामा ८५ रुपैयाँले घटेको छ । चाँदी आज ८५ रुपैयाँले घटेर तोलाको तीन हजार एक सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार एक सय ८५ रुपैयाँ थियो ।








































