भद्रपुर
राष्ट्रसेवक सहकारी संस्था भद्रपुर १० को लक्ष्मीप्रसाद गुरागाई निर्वाचित भएका छन् । आज वीरेन्द्र नमुना क्यापसको सभाहलमा सम्पन्न २६ औँ साधारण सभाबाट गुरागाई संस्थाको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षमा तेजिन्द्र न्यौपाने, सचिवमा शेषराज पौडेल र कोषाध्यक्षमा कृष्ण रुचाल चयन भएका छन् ।यसैगरी सदस्यमा रामचन्द्र मिश्र, भिमा भट्टराई, जीवनकला राउत, मन्दिरा श्रेष्ठ र राजेन्द्र प्याकुरेल निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै, लेखा सुपरीवेक्षण समितिको संयोजकमा घनेन्द्रप्रसाद ढकाल तथा सदस्यमा सुरेश भट्टराई र सुभाषकुमार विक समेत निर्विरोध चयन भएका छन् । कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय महासचिव रामचन्द्र अधिकारी प्रमुख अतिथि रहेका थिए ।

सहकारीका अध्यक्ष वशिष्ठ अधिकारीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा अध्यक्ष अधिकारीले ३ अर्बको सम्पति दायित्वसहित सहकारीको आर्थिक वर्ष २०८१र८२ मा १ करोड ५८ लाख ७४ हजार ५ सय रुपैयाँ बराबरको शेयर पुँजी रहेको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा सहकारीलाई व्यवस्थित रूपमा ४ वर्षे कार्यकालमा योगदान दिने संचालक समिति पदाधिकारीहरु अध्यक्ष अधिकारीसहित४ जना तथा कर्मचारी अनुज खतिवडा र नुतन पौडेललाई प्रशंसापत्र प्रदान गरेर सम्मान गरिएको थियो ।
उपाध्यक्ष डिल्ली ढकालले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन नवराज पोखरेलले गरेका थिए । निर्वाचन समितिको संयोजकका रूपमा कृष्णप्रसाद शर्माले नेतृत्व गरेको समितिमा सदस्य प्रेमबहादुर गुरागाई र श्यामप्रसाद गुरागाई रहेका थिए ।








































