बितामोड, १५ मंसीर । आबद्ध बचत तथा ऋण सहकारी संस्था लि. बिर्तामोड-५ को १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
झापाको बिर्तामोडमा आज संस्थाका अध्यक्ष नन्दमान भट्टराई (नरेश) को अध्यक्षता तथा बिर्तामोड नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष रोहित प्रसाईको प्रमुख अतिथ्यमा साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभामा संस्थापक सदस्य सम्मान, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट कारोबारी, एसईईमा उत्कृष्ट विद्यार्थी, विपन्न सदस्यलाई सहयोग तथा सम्मान गरिएको थियो ।
कार्यक्रममा संस्थापक सदस्य केशवराज दाहाल (शेयर नं १७), उत्कृष्ट बचतकर्ता शैलेजा अधिकारी, सीतादेवी थेगिम, रिवाज वाग्ले, बेजा राजवंशी, मञ्जु लिम्बु, खैरून मियानी, पदमा घिसिङ, प्रकाश ओझा, रक्षा राई, श्री प्रसाद ओडारी र बिमला पौडेललाई सम्मान गरिएको छ ।

यस्तै, संस्थामा उत्कृष्ट कारोबार गर्ने सदस्य शशी आले मगर, चन्द्रप्रसाद भट्टराई, लक्ष्मण गिरी र सुरज कुमार शाहलाई सम्मान गरिएको छ ।
त्यस्तै, सदस्यको सन्तानबाट एसईई उत्कृष्ट अंक ल्याउने सामुदायिक विद्यालयतर्फ विवश पौडेल, अंकिता घिमिरे, निजी विद्यालयतर्फ समिपराज चिमरिया र मनिषा बरफोङ लाप्चालाई नगदसहित सम्मान गरिएको छ ।

संस्थाले विपन्न सदस्य सहयोग तथा सम्मान कार्यक्रम अन्तर्गत संस्थाको तर्फबाट तीन जना र सञ्चालक समितिले स्थापना गरेको कोष मार्फत तीन जनालाई नगदसहित सम्मान गरिएको छ । साजना केरुङ, निशा गिरी, चन्द्रवती राजवंशी, विष्टी चौधरी, मुकतार मिया र कान्जी राजवंशीलाई नगदसहित सम्मान गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष रोहित प्रसाईं, अर्जुनधारा-९ का वडाध्यक्ष भीष्म मिश्र, नेपाल अलैंची व्यवसायी महासंघका निवर्तमान अध्यक्ष निर्मल भट्टराई, न्यूटनस् एजुकेशन एकेडेमी प्रिन्सिपल देवेन्द्र हुमागाई, पि एण्ड बि एसोसिएट्सका लेखा परीक्षक पर्शुराम बुढाथोकी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
साधारण सभामा सञ्चालक समिति सदस्य गौरीप्रसाद भण्डारीले स्वागत गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन व्यवस्थापक पर्वतराज चिमरियाले गर्नुभएको थियो ।
संस्थाले गत आव २०८१-०८२ मा कर पछिको नाफा १ करोड ५३ लाख ६२ हजार १ सय १८ रुपैयाँ गरेको छ ।
संस्थामा शेयर सदस्य २ हजार ९ सय ४३ जना रहेकाे छ भने शेयर पुँजी ३ करोड ११ लाख ९५ हजार ६ सय, जगेडा कोष २ करोड ८१ लाख ७० हजार १४, कुल बचत २२ करोड ९३ लाख ९६ हजार १ सय ३६ र ऋण लगानी २५ करोड ८५ लाख ५७ हजार २ सय ८९ रुपैयाँ रहेको संस्थाको प्रतिवेदनमा उल्लेख छ ।









































