बिर्तामोड : आबद्ध बचत तथा ऋण सहकारी संस्था लि.बिर्तामोड ५ को अध्यक्षमा नन्दमान भट्टराई निर्विरोध निर्वाचित भएका छन् । पाँचौ कार्यकालकालागि अध्यक्षमा पुन ः भट्टराई निर्विरोध निर्वाचित भएका हुन् ।

निर्वाचित पदाधिकारी तथा सदस्यको  आज संस्थाको बिर्तामोडमा भएको १३ औं बर्षिकसाधरणसभामा नाम घोषणा गरिएको हो । त्यस्तै उपाध्यक्षमा गौरीप्रसाद भण्डारी निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै महिला सदस्यमा रुपमाया दाहाल, शान्ता बिष्ट निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै पुरुष सदस्यमा भुपेन्द्र विष्ट, नरेन्द्र न्यौपाने खत्री सर्वसहमत निर्वाचित भएका छन् । त्यस्तै बिनिता थापा निर्विरोध, जनारधन बांस्कोटा र विकास न्यौपाने सर्वसहमत  निर्वाचित भएको निर्वाचन समिति संयोजक बालकृष्ण चम्लगाईंले जानकारी दिए । 

त्यस्तै लेखा समिति संयोजकमा बिमल हुंमागांई, दिपक खड्का सदस्य, बबिना भट्टराई महिला सदस्य निर्विरोध निर्वाचित भएको पनि निर्वाचन समिति संयोजक चम्लगाईंले जानकारी दिए ।

संस्थाको मसिंर ८ गतेबाट चुनावी कार्यक्रम सुरु भएको थियो जसमा आवश्यक भन्दा बढी ४ जना उम्मेदवारको नाम परेको थियो ।  ११ गते अन्तिम नामावलीमा दाबी बिरोध तथा उम्मेदवारी नाम फिर्ताको दिन रहेको थियो ।

जसकालागि ४ जनाले उम्मेदवारी फिर्ता लिएसंगै समिति सर्वसम्मत चयन भएको हो । निर्वाचित पदाधिकारीको सपथ समेत भइसकेको र आजबाटै जिम्मेवारी पनि सम्हालेको जनाइएको छ । निर्वाचित अध्यक्षले संस्थाको हितमा काम गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।