१८ औं राष्ट्रिय निर्माण दिवस २०८२ को अवसरमा निर्माण व्यवसायी संघ झापाले फरक क्षमताका बालबालिकालाई जाडोको न्यानो कपडा वितरण गरेको छ । 

झापाका निर्माण व्यवसायीहरुको व्यावसायिक छाता संगठन निर्माण व्यवसायी संघले रचनात्मक ढंगले १८ औं राष्ट्रिय निर्माण दिवस  सामाजिक कार्य गर्दै आज मनाएको हो । 

अपाङ बाल शिक्षा सरोकार केन्द्र अर्जुनधारा र  कन्काईका अशक्त बालबालिकालाई जाडोको न्यानो कपडा बितरण गरेको हो ।


20251208_083748(0)

सामाजिक उत्तरदायित्वअन्तर्गत आश्रममा आश्रित बालबालिकालाई  कपडा वितरण गरिएको   संघले जनाएको छ । 

अध्यक्ष रमेश अधिकारी , नि वर्तमान अध्यक्ष मिलन बस्नेत, दृतिय उपाध्यक्ष राजकुमार राई, तृतिय उपाध्यक्ष नयन बराल, महासचिव पुष्पराज निरौला, नि वर्तमान महासचिव ओम पौडेल, कोषाध्यक्ष यज्ञनिधि भुर्तेल, सह कोषाध्यक्ष सुरेन्द्र धिमाल, सदस्य,व्यवसायी  हिमाल सिटौला लगायतको उपस्थिति रहेको थियो ।

संघले आज भुरूङ्गामा बनभोजको समेत आयोजना गरेको थियो ।