रुङ्गा । 

झापाको कनकाई नगरपालिकामा रहेको ह्यापी ल्याण्ड फन पार्क एण्ड रिसोर्ट प्रालिले थप सेवा विस्तार गरेको छ । फन पार्कले आज शुक्रवारपत्रकार सम्मेलन गर्दै सेवाहरुलाई अत्याधुनिक आकर्षक र अन्तराष्ट्रिय स्तरमा विस्तार गरेको जनाएको हो । 

फन पार्क सञ्चालक समितिका अध्यक्ष किरणप्रसाद शाखले मंसिर २६ गतेबाट नवीन रुपमा विकसित विस्तारित ह्यापी ल्याण्ड फन पार्कको शुभराम्भ गरेको जानकारी गराएका छन् । 

८ वर्ष सञ्चालनको अनुभवलाई आधार बनाएर कोभीड–१९ पछि नयाँ प्रवन्धक समुहको नेतृत्वपछि पार्कमा आधुनिकिकरण, पुनःनिमाण तथा विस्तारको काम तीव्र गतिमा अघि बढाएको अध्यक्ष शाखले बताए । उनले सोही क्रममा अतिरिक्त ३ विघा क्षेत्रफलमा पार्कलाई अझ विशाल,  व्यवस्थित आकर्षक बनाइएको जानकारी गराए । 

WhatsApp Image 2025-12-12 at 19.02.11

उनका अनुसार विस्तारित क्षेत्रमा आधुनिक, प्राविधिक नयाँ रोमान्चक राईडरहरु थपिएसँगै २० भन्दा बढी आकर्षक सेवाहरु पूर्ण रुपमा तयार भएको छ । 

पार्कमा नयाँ आकर्षण तथा विशेष सुविधाका रुपमा संगीत, प्रकाश र पानीको तालमेलमा प्रस्तुत अत्याधुनिक फाउन्टेन पार्क र ओम उच्चारण गरेर आफ्नो उर्जा परीक्षण गर्ने नविनतम पानीको फोहोरा अर्थात ओम फाउन्टेन रहेको छ ।

यसैगरी पार्कमा जिप साइन, रेनबो स्लाइड, रोलर कोस्टर, ड्रिफ्ट कार, ३६० डिग्री राईड, ड्राई ट्युव स्लाइड, वेभ पुल, वाटर स्लाइड, रेन डान्स, अनपावर जीप लाइन, अनपावर रोलर कोस्टर, रोटेपिङ, कोलम्वस, चिल्ड्रेन पार्क, स्केटिङ, फिस स्पा, भिआर गेम, टिकटक पिङलगायतका अन्य धेरै सेवाहरु उपलब्ध रहेको पार्कले जनाएको छ । पार्कमा सहासिक खेल समेत समावेश भएकोले टिकट काटि प्रवेश गर्ने सबैको दुर्घटना बिमासमेत गरिएको छ । पार्कमा पूर्वी नेपालसहित देशभरका साथै भारतको पश्चिम बङ्गालसहित बिभिन्न स्थानबाट पर्यटकहरु आउने गरेका छन् । 

पार्क विस्तारले स्थानीय रोजगारीमा वृद्धि, आन्तरिक तथा बाह्य पर्यटनको प्रवद्र्धन, व्यवसायिक सम्भावनाको विस्तार जस्ता क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्ने अपेक्षा पार्क सञ्चालकको रहेको छ । पत्रकार सम्ेलनमा पार्कका सञ्चालक रामभक्त लामा, दिनेश सिलवाल, मनेजर लक्ष्मी सापकोटाको पनि उपस्थिति रहेको थियो ।