श्री रामजानकी बचत तथा ऋण सहकारी संस्था बिर्तामाेड ५ काे १७ ओैं बार्षिक साधारणसभा सम्पन्न भएकाे छ । 

आज झापाकाे बिर्तामाेडमा उत्कृष्ट ऋणी, उत्कृष्ट बचतकर्ता तथा उत्कृष्ट कर्मचारीलाई सम्मान गर्दै संस्थाकाे  बार्षिक साधारणसभा सम्पन्न भएकाे हाे । 

20251213_124132

ईकाईगत साधारणसभाबाट छनाेट भई आएका प्रतिनिधिहरूकाे प्रतिनिधत्व गर्दै गिता खतिवडा अधिकारीकाे  प्रमुख आतिथ्य तथा संस्थाकाे अध्यक्ष भीमप्रसाद राजवंशीकाे अध्यक्षतामा उद्घाटन समाराेह सम्पन्न भएकाे हाे । 

कार्यक्रममा उत्कृष्ट बचतकर्ता बिर्तामाेड सेवा केन्द्रबाट दिपक बाँस्काेटा, सुरूङ्गा सेवा केन्द्रबाट जन्ताकुमार राई, चकचकी सेवा केन्द्रबाट भगिरथ शाह, असल ऋणी तर्फ कामाटाेली सेवा केन्द्रबाट विद्या राई, चकचकी सेवा केन्द्रबाट हेला राजवंशी , हल्दिबारी सेवा केन्द्रबाट बाबुलाल कर्मकार र उत्कृष्ट कर्मचारी तर्फ रमा पहाडी गाैतमलाई संस्थाले सम्मान गरेकाे छ । 

उनीहरूलाई खादा, माला , नगद र प्रशंसापत्रद्वारा सम्मान गरिएकाे थियाे । 

संस्थाकाे कार्यकारी प्रमुख दलबहादुर कार्कीले स्वागत गरेकाे कार्यक्रमकाे सन्चालन संस्थाकाे व्यवस्थापक शुक्रराज भण्डारीले गरेका थिए । 

काेषाध्यक्ष जीवन सुवेदीले काेषाध्यक्षकाे प्रतिबेदन र लेखा समितिकाे प्रतिबेदन लेखा संयाेजक ज्ञानेन्द्रप्रसाद पाेखरेलले कार्यक्रममा प्रस्तुत गरेका थीए । 

२०६५ सालमा २९ जना सदस्यबाट २ लाख ९० हजार शेयर पुंजीबाट  सुरू भएकाे संस्थामा हाल १ कराेड ६२ लाख १८ हजार ४ सय रूपैंया पुगेकाे छ । 

संस्थाकाे जगेडा तथा अन्य काेषमा १ कराेड ३५ लाख ५७ हजार २ सय ९० रूपैंया पुगेकाे प्रतिबेदनमा उल्लेख छ । 

बिर्तामाेड, सुरूङ्गा, हल्दिबारी, चकचकी, कामाटाेली, शनिश्चरे र चन्द्रगढी , माईधार सेवा केन्द्रबाट सेवा प्रवाह गरिरहेकाे हाल संस्थाकाे ९ हजार १७७ जना शेयर सदस्य रहेका छन् । 

कार्यक्रममा प्रमुख अतिथि अधिकारी, सहकारी अभियान्ता भाेलाकाजी कठेत लगायतले शुभकामना मनतब्य राखेका थिए ।