निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल ( प्याब्सन ) झापाकाे आयाेजनामा बिर्तामाेड नगर स्तरिय सांस्कृतिक कार्यक्रम सुरू भएकाे छ ।

आज शनिबारबाट सुरू भएकाे नगरस्तरिय सांस्कृतिक कार्यक्रम अन्तरगत नृत्य तथा गायन प्रतियाेगिता सुरू भएकाे हाे ।

बिर्तामोड १० स्थित बिष्णु भगवती अंग्रेजी माध्यमिक विद्यालयकाे प्राङ्गणमा भईरहेकाे प्रतियाेगिता भाेली आईतबार समापन हुनेछ ।
प्याब्सनकाे बार्षिक क्यालेन्डर अनुसार याे भन्दा पहिले खेल उत्सव २०८२ र ईसिए कार्यक्रम सम्पन्न भइसकेकाे प्याब्सनकाे बिर्तामोड नगर कमिटी अध्यक्ष सुरेन्द्र खरेलले जानकारी दिए ।

प्याब्सन बिर्तामोड नगर कमिटी काेषाध्यक्ष प्रमिला बजगाईले स्वागत गरेकाे कार्यक्रमकाे ओैचित्यमाथि प्रकाश नगर अध्यक्ष खरेलले पारेका थिए ।
प्याब्सनकाे बिर्तामोड नगर अध्यक्ष सुरेन्द्र खरेलकाे अध्यक्षता तथा बिर्तामोड वडा नम्वर १० का वडाध्यक्ष तथा बिर्तामोड नगरपािलकाका कार्यवाहक नगर प्रमुख दुर्याेधन गुरुङकाे प्रमुख आतिथ्यता उद्घाटन कार्यक्रम सम्पन्न भएकाे हाे ।
बिद्यार्थीहरुकाे अन्तरनिहित प्रतिभालाई उजागर गर्ने र उनीहरूकाे क्षमता बिकास गर्ने उदेश्यले आयाेजना गरिएकाे प्रतियाेगितामा बिर्तामाेड नगरका १९ वटा विद्यालयकाे सहभागिता छ ।
कक्षा ११/ १२ काे गायन ,अन्डर १२ गायन तथा नृत्कयमा क्षा १० सम्मका छात्र र छात्रले सहभागिता जनाएका छन् ।
प्रथम, दाेस्राे र तेस्राे हुनेले मेडल ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने प्याब्सन नगर सह काेषाध्यक्ष दिपक चम्लागाँईले जानकारी दिए । निर्णायकमा सुमन श्रेष्ठ र विश्वजित चक्रवती रहेका छन् । कार्यक्रमकाे सन्चालन सचिव दिपङकर मैनालीले गरेका थिए । विद्यार्थीले संस्कृति झल्कने पाेशाक लगाएर सन्देशमुलक नृत्य तथा गायन प्रस्तुत गरेका थिए ।










































