झापाकाे बिर्तामोड १० स्थित बिराटपाेखरमा रहेकाे बिष्णु भगवती अंग्रेजी माध्यमिक विद्यालयकाे नवाैं बार्षिकउत्सव सम्पन्न भएको छ।
आज साेमबार विद्यालयले बिबिध कार्यक्रम गर्दै बार्षिकउत्सव मनाएकाे हाे ।
बिर्तामोड नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख तिलचन भण्डारीकाे प्रमुख आतिथ्यता तथा विद्यालयका संस्थापक प्रिन्सिपल पुण्यप्रसाद उप्रेतीकाे अध्यक्षतामा उद्घाटन कार्यक्रम भएकाे हाे ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष बिष्णु दाहाल उप्रेतीले स्वागत गरेकाे कार्यक्रमकाे सन्चालन सन्चारकर्मी लिला अनमाेलले गरेकी थिईन ।
कार्यक्रममा नाटक, रेम्स, कबिता, फेसन साे, कराँते, परिचयात्मक सहित विभिन्न भेषभुसा, पहिरन सहित साँस्कृतिक प्रस्तुती विद्यार्थीले राखेका थिए ।
कार्यक्रममा विद्यालय स्थापनादेखिका नृत्य निर्देशक नरेन तामाङ र प्याबसनमा कराँतेबाट प्रथम हुने विद्यालयकी विद्यार्थी समीक्षा उप्रेतीलाई सम्मान गरिएकाे थियाे ।
कार्यक्रममा प्रमुख अतिथि भणडारी, प्याब्सन बिर्तामोड नगर कमिटी अध्यक्ष सुरेन्द्र खरेल, टिचर ट्रेनर दिनेश सुवेदी लगायतले शुभकामना मनतब्य राखेका थिए ।
विद्यालयमा हाल ४ सय विद्यार्थी र शिक्षक र कर्मचारी गरि ३० जना कार्यरत रहेकाे प्रिन्सिपल उप्रेतीले जानकारी दिए ।









































